अमेरिकी अधिकारीको खुलासाले झस्किए अमेरिका लगायत शक्ति राष्ट्रहरु, चीन यति भयङ्कर तयारीमा जुटेकै हो !

  • अनलाइनमार्ग डेस्क

    बिहिबार, मंसिर २ २०७८
  • अमेरिकी अधिकारीको खुलासाले झस्किए अमेरिका लगायत शक्ति राष्ट्रहरु, चीन यति भयङ्कर तयारीमा जुटेकै हो !

    बेइजिङ, २ मंसिर – चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् ।

    अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाईल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाईल खसाल्यो, जुन पुनः चीनमै फर्कियो । उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’ चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए ।

    ‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ ?’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘ चीनले बिकसित गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ । ’

    ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो ।

    अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार बिकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ । अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन् । एजेन्सी

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend