यस्तो रहेछ भ्यालेन्टाइन डेकै दिन प्रहरीले आफ्नै पेटमा गोली हान्नुको भित्री कारण !

भ्यालेन्टाइन डेकै दिन जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफ्नै पेटमा गोली हानेका छन् ।

महोत्तरी घर भई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत २४ बर्षिय प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका हुन् । प्रेमिकालाइै गरेको प्रस्ताव अस्विकार भएपछि उनले आफ्नै पेटमा गोली हान्दा सख्त घाइते भएका हुन् ।

घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं गरेको सिन्धुुली प्रहरीले जनाएको छ । उनले आज विहान एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि उनकै पेस्तोल खोसेर आफ्नै पेटमा गोली हानेका थिए । घटनाबार अनुसन्धान सुरु भएको समेत प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार