दिलीप हत्या प्रकरणः तीन जना पुर्पक्षका लागि कारागार चलान

धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका खोला उत्खननको बिरोध गर्न गएका दिलीपकुमार महतोको हत्यामा संलग्न आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

धनुषा जिल्ला अदालतको आदेशमा तीन जनालाई कारागार पठाइएको र तीन जनालाई धरौटीमा छाडिएको छ । अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशले क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यस्तै, रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ । अदालतको आदेश लगत्तै तीन जनालाई कारागार पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

गत पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको उत्खनन् रोक्न गएका दिलीपको हत्या गरिएको थियो । फलामको रड घोंचेर बेहोस बनाई टिपरले किचेर उनको हत्या गरिएको थियो ।

सम्बन्धित समाचार