विश्वमै पहिलोपटक पत्ता लाग्यो कोरोना भाइरसबाट बच्ने यस्तो प्रविधि !

चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

यसैबीच, चीन सरकारले एउटा त्यस्तो मोबाइल एप डेभलप (विकास) गरेको छ, जसले कोरोना कोबिक–१९ भाइरस संक्रमित व्यक्ति नजिक रहेको जानकारी दिन्छ । ‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ प्रविधिमा निर्माण गरिएको यो एपले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति नजिक आएको बारे पनि जानकारी दिने छ ।

एपमार्फत सर्वसाधारणलाई कोरोना भाइरसको जोखिममा रहेकोबारे सचेत गराई उनीहरुलाई घरमै रहन भनेर नजिकको जनस्वास्थ्य निकायलाई पनि खबर गरिने छ ।

एप प्रयोगकर्ताले जाँच इक्वाईरी का लागि आफ्नो स्मार्टफोनमा उपलब्ध भएका पेमेन्ट गेटवे एपहरु जस्तै अलीपे र सोसिय मिडिया प्ल्याटफर्म वीच्याटमार्फत क्वीक रेस्पोन्स क्यूआर कोड स्कान गर्न सक्नेछन् ।

एपमा रिजस्ट्रेसनका लागि प्रयोगकर्ताले एक पटकमा आफ्नो फोन नम्बर, नाम र परिचय पत्र नम्बर राख्नुपर्ने छ । दर्ता भएको फोन नम्बरलाई एकभन्दा बढी दर्ता भएका अकाउन्टको भेरिफिकेशनका लागि चेक गर्न प्रयोग गरिने छ ।

उक्त एप चिनियाँ सरकारी विभाग र चाइना इलेक्ट्रोनिक्स कर्पोरेशनले संयुक्त रुपमा डेभलप गरेका हुन् । एपका लागि आवश्यक पर्ने डाटाहरु प्राप्त गर्नका लागि यातायात तथा पारवाहन र स्वास्थ्यसँग सम्बन्धित निकायको मद्दत लिइएको छ ।

उक्त एपमार्फत सरकारले आफ्ना नागरिकलाई कडा निगरानीतर्फ केन्द्रित गराएको विषय पनि चर्चामा छ ।
-एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार