प्राण जाने भयो पत्रकारको !

खबरकर्मीहरुकै खबर कति दुःखलाग्दो भने, जागिर छाडौँ– तलब स्वाहा । तलब माया मारौँ, बाँच्न गाह्रो । त्यसमाथि ‘काम छाड्छु’ भनेको सुन्दामात्रै पनि व्यवस्थापनबाट धम्की शुरु हुने !

‘ठूला’ भनिने सबैजसो मिडिया हाउसका यी दुःख अहिले एभेन्युज टेलिभिजनमा पनि बल्झिएको छ । मिडिया बजारमा काम जान्ने पत्रकारको अभाव देखिएपछि तलब नदिइएका पत्रकारलाई फकाएर, तर्साएर भए पनि काममा लगाइरहनुपर्ने बाध्यतामा उक्त च्यानल परेको हो । केही महिनाअघि एभेन्युजका संस्थापक समाचार सम्पादक केदार कोइराला त्यहीँ फर्किए । तर, ११र१२ वर्षदेखि काम गर्र्दै रहेका किशोर चौधरी, विशेष रेग्मी, शुभक महतोहरुले चार महिनादेखि तलब पाएका छैनन् । काम छाड्छु भन्दा धम्कीको वर्षा छ ।

जतिसुकै धम्की आए पनि चार महिनाको तलब थापेको भोलिपल्टदेखि काममा नजाने मनस्थितिमा छन् । निर्धा पत्रकारहरु यो हालतमा छन् तर केदार कोइराला, चिरञ्जीवी शाहहरुलाई नबिच्क्याउनका लागि व्यवस्थापनले अलग्गै माया दिएर राखेको छ ।

त्यहाँ दुईजना नयाँ रिपोर्टर छिर्दा पाँच–सात जना पुरानाले काम छाड्ने भन्दै छन् । लेखा शाखाका शरद् केसी चर्को चेपुवामा छन् । ‘त्यत्तिकै काम छाड्न पाउँछस् ? कि त क्षतिपूर्ति तिर्’ भन्दै पत्रकारहरुलाई धम्क्याउने बाध्यता छ ।

केही समयअघि सातजना क्यामेरा पर्सनले एकैदिन राजीनामा दिएका थिए । तिनलाई पनि ‘क्षतिपूर्ति तिर, नत्र पानीमुनि गए पनि हामी छाड्दैनौँ’ भन्दै व्यवस्थापनले फोन गर्न छाडेको छैन । भाष्करराज कर्णिकारजस्ता व्यवसायिक मिडिया मालिकले बुझ्नुपर्ने हो– तलब नपाएर काम छाडेका पत्रकारले क्षतिपूर्तिचाहिँ कहाँबाट तिर्छन् ? –जनआस्था साप्ताहिकबाट

सम्बन्धित समाचार