कोरोनाभाइरसः बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो, एकै दिनमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक !

चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। त्यहाँ कोभिड–१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो।

नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ।
-बीबीसी

सम्बन्धित समाचार