बस र ट्रक एक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु , ३० भन्दा बढी घाइते

बस र ट्रक एक आपसमा ठोक्किँदा १४ जनाको ज्यान गएको छ ।

भारतको उत्तर प्रदेशको शहर फिरोजाबादमा दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको आगरा–लखनउ एक्सप्रेस वेमा बस, ट्रकसँग ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको र ३० जनाभन्दा बढी घाइते भएका हुन् ।

‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो ।

घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।’ अस्पतालका मेडिकल अफिसर डाक्टर विश्वदीपकका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ । -एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार