देशको कायापलट गर्ने विकास योजना खोई ?

ईश्वरी पोखरेल/मुलुक समृद्ध बनाउन किन नसकेको ? हामीले । रातदिन यही चिन्तामा डुब्बिरहन्छु । तर मेरो चिन्ता र विचार कसले सुन्ने ?

मेरो विचारमा नेपाल जस्तो प्राकृतिक, भौगोलिक विशेषताहरुले भरिएको देशलाई छिट्टै विपन्नताबाट सम्पन्न बनाउन सकिन्छ । तर किन बाधा व्यवधानहरु आइरहन्छन् रु

नेपाल देश समृद्ध, नागरिक सुखी, खुशी र देशभित्रै रोजगारीबाट जीविकोपार्जन तथा आर्थिक आत्मनिर्भरता कायम गरेर देशलाई पृथ्वी कै स्वर्ग बनाउन सम्भव छ ।

तर विकास गतिमा मुलुकको राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई जिम्मेवार बनाएर प्रवेश गराउन हामी किन सकिरहेका छैनौं वा चुकिरहेका छौँ रु यसको उत्तर इमानदार भई खोज्न सकेमा जतासुकै नेपाल र नेपाली जनताको उज्ज्वल भविष्य देखिन्छ । विकासका केही उदाहरण यस्ता हुनसक्छन् स्

एकस् काठमाडौं उपत्यकामा जतासुकैबाट बग्ने ससाना खोला, नदी हरुमा जल भण्डारण गर्न जरुरी छ । बागमती, विष्णुमती जस्ता नदीहरुको पुनर्जागरण गरी सहरलाई जीवन्त बनाउन सम्भव छ ।

उपत्यकाका सबै नदीहरुमा सदाबहार कम्तीमा दुई मिटर पानीको ताल बनाएर जल यातायातका साधन चलाउन पनि सकिन्छ । मुहान देखि चोभार सम्म नदीको पानी स्वच्छ, फोहोर मुक्त, निर्मल बनाएर निर्जिव बनेका उपत्यकाका नदीहरुमा जलचर, थलचर,जीवजन्तुको पुनरावृत्ति सम्भव छ ।

नदीको सबै किसिमको सुरक्षाबाट मात्र प्राकृतिक पर्यावरण तथा धार्मिक, सास्कृतिक मूल्यमान्यताको रक्षा गर्न सकिन्छ । उपत्यकाबाट तराई मधेस क्षेत्रमा पुग्ने पानीको शुद्धताले मात्र कृषि उपजमा वृद्धि सम्भव छ ।

दुईस् बुटवल छेउको सिद्ध बाबा पहाडको पहिरोको जोखिमलाई हटाउन सुरुङमार्ग बनाउने सरकारी योजना होइन, मेरो मान्नुहुन्छ भने तिनाउ वारिपारि एक एक किलोमिटर क्षेत्रफललाई वैज्ञानिक रुपमा कटान गरी रुपन्देही र पाल्पाको दोभानसम्मको भागलाई जोडेर विशाल सहरको निर्माण गर्नु पर्दछ । पहाड कटाइबाट नेपालका आवश्यक ता पूरा गरी ,भारतसम्म ढुङ्गा, गिट्टी, माटो, आदि निर्यात गरेर मनग्य आम्दानी गर्न सकिन्छ ।

तीनस् मलाई के विश्वास छ भने, नेपालका आठ,दश पहाडी भागलाई नदी सतह अनुरुप कटान गरेर दशबिस वर्षको अवधिमा समथर बनाउने योजनासाथ काम थाल्ने हो भने त्यो पहाड कटाइबाट हुने आम्दानीले नेपाल बनाउँछ ।

पहाडका छिरलिएका तथा अव्यवस्थित बसोबासका बस्तीलाई एकीकृत गरी हजारौं हजार संख्यामा नयाँ बस्तीका सहर बनाउन सम्भव छ । जस्तै स् स्याङ्जा जिल्लाको भालु पहाड, गुल्मी जिल्लाको थाप्ले, मदाने आदि पहाड काट्न र निकास गर्न गराउन सकिन्छ । यसका लागि भारतसंग सहकार्य गरी पाल्पा जिल्लाको प्रवासमाथिदेखि जोर्तेसम्म सुरुङमार्ग खोल्ने झैँ सयौं पहाडी क्षेत्र पहिचान गरी नेपाल, भारत, बङ्गलादेशसमेतमा हाम्रो प्रकृति प्रदत्त सम्पत्ति निर्यात गर्न तथा पहाडी क्षेत्रमा ठूला ठूला एकीकृत बस्ती बसाउन सकिन्छ ।

तसर्थ चुरे दोहन तुरुन्त बन्द गर्न तथा नयाँ समृद्ध नेपाल निर्माण गर्न, पहाडी क्षेत्रमा एकीकृत ठूला ठूला बस्तीहरु बसाउन र यातायात तथा नदीकिनारको मानव सभ्यताको इतिहास कायम गर्न नदी तटबन्ध गरी नदीका दुबै किनारमा सुविधा सम्पन्न वस्तीहरु विकास गरेर पहाडी क्षेत्रको पातलो बसाइको विकल्प नेपाली राजनीतिक नेतृत्वले नखोजेसम्म नेपाल विकसित हुन कठिन छ । अन्य विकल्प क्रमशः

(पोखरेल नेपाल सरकारका उप–सचिव हुन् ।)

सम्बन्धित समाचार