पशुपतिनाथको दर्शन सँगै हेर्नुहोस् आज माघ २८ गते, मंगलबारको राशिफल

आज वि.सं.२०७६ साल माघ २८ गते । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– द्वितीया,०६ घडी १८ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाफाल्गुनी,२७ घडी ४१ पला,बेलुकी ०५ बजेर ५१ मिनेट उप्रान्त उत्तरफाल्गुनी ।

योग– अतिगण्ड,०९ घडी ३८ पला,बिहान १० बजेर ३८ मिनेट उप्रान्त सुकर्मा । करण– गर,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ०९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह,बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदमअगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैंकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया(प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवनसाथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।

वृष- ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन(अध्यापनमा अलि बढी समय खर्चिंदा नतिजा आफैँतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदैचाहँदै पनि घरायसी सुख(सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हाबी हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर(परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

मिथुन-का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ ।

कर्कट- ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालीको माध्ययमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने तथा उठ्नुपर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया(प्रेममा नजिक हुने समय रहेको छ ।

सिंह-मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा आउने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आटिला तथा पराक्रमि क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य बिवाद सिर्जना भएपनि अन्तमा एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाउदा मन प्रशन्न रहनेछ ।

कन्या-टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) पछिसम्म फाइदा हुने व्यापार व्यावसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया(प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँग थप आत्मीय भाव बढ्नेछ ।

बृश्चिक- तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाईनेछ । नया काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानि हुने हुदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न हुनेछ ।

धनु-ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।

मकर- भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा समस्या आउने हुनाले आहार(बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ भने समयअनुसार अपडेट नहुँदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजाँदा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने जीवनसाथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

कुम्भ-गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न कारणले पढाइ(लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदार हरुबीच मतभेद बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया(प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसोपनको विकास हुनेछ ।

मीन-दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछ । प्रतिष्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ । –ज्योतिषी गणेश काफ्ले

तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित समाचार