कोरोनाभाइरस फैलनुमा अमेरिकाको हात छ ? भयो यस्तो खतरनाक खुलासा !

कोरोना भाइरसलाई शुरुवातमा रहस्यमय भाइरस भनिएको भएतापनी संक्रमित व्यक्तिहरुबाट नमुना संकलन गरि परिक्षण गर्दा उक्त भाइरस कोरोना भाइरस भएको पुष्टि भएको थियो । कोरोना भाइरस विभिन्न किसिमका हुन्छन्, यस भाइरसले संक्रमित व्यक्तिको ज्यान समेत लिन सक्ने खतरा रहेको छ ।

यसैबीच, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीनबाट एक्कासी कोरोनाभाइरस फैलनु शंकास्पद भएको बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोनाभाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरे।

‘अमेरिकाले विभिन्न देशसँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्न खोजेको हुन सक्छ, कोरोनाभाइरसको पछाडि अमेरिकाको हात हुन सक्छ,’ उनले भने।

अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिए।

उनले भने, ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन्, काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरू ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ।’

अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गरे।

सम्बन्धित समाचार