फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

Online Marg Nepali News
सुनको मूल्य बढ्यो

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । नेप

Online Marg Nepali News
सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घटेको छ । साताको तेस्रो दिन सुनको भाउ घटेका सुनचाँदी व्यव