प्रेममा मान्छे किन यति साह्रो पग्लन्छ ?

तैमुर राजाहरु आफूलाई गुरकानी राजवंशको भन्न रुचाउँछन् । यिनीहरुले मध्य एसिया र उत्तरी भारतीय उपमहाद्वीपसम्म साम्राज्य फैलाए । सुन्नी मुस्लिम धर्मावलम्बी हुन् । यिनीहरु इरान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, उत्तर भारत, अनातोलिया (टर्कीको मध्यभाग), काकस ९युरोप र एसियाको सिमानामा अवस्थित विशाल क्षेत्र० र मेसोपोटामिया (वर्तमान इराकको बाबिल जिल्ला, उत्तरपूर्वी सिरिया, दक्षिणपूर्वी टर्की र इरानको कुजेस्तान प्रान्तको विशाल क्षेत्र० को राजा बने । यो वंशको स्थापना १४ औं शताब्दीमा तैमुरलंग ९लंगडो तैमुर० ले गरेका थिए । यिनी क्रूर र लुटेरा थिए । भारतको मुगल वंशका संस्थापक राजा बाबर यिनैका सन्तती हुन् ।

मिर्जा गियासबेग पनि तैमुर नै थिए । इरानको राजधानी तेहरानमा जन्मेका । बुबा मन्त्री । गियासबेगले शिक्षित र उच्च घरानाका अस्मत बेगमसँग बिहे गरे । पछि अस्मत सात सन्तानको आमा बनिन् । तर, यसबीच गियासबेग परिवारको दुर्दशा शुरु भयो । इरानको जीवन कष्टकर बनेपछि भारततर्फ पलायन हुने सोच बनाए । त्यसबेला भारतमा अकबरको शासन थियो । उनी पनि तैमुर नै । उनको प्रसिद्धि र व्यापार दूरदराजसम्म फैलिएको थियो । गियासबेग उनै अकबरको सेवामा लाग्ने मनशायले भारततर्फ लागे । आधा बाटो तय गरिसकेपछि डाँकाको घेराउमा परे । चढेर आएको दुईवटा उँटबाहेक सबै सम्पत्ति लुटियो । गर्भवती पत्नी अस्मत बेगम, दुई छोरा मोहम्मद सरिफ र असफ खान तथा छोरी साहिलाको साथमा कष्टकर यात्रा गर्दै कान्दाहार ९अफगानिस्तान० पुगे । त्यहीं अस्मतले दोस्री छोरी जन्माइन् । गियासबेग र अस्मत नव शिशु हेरचाहको अभावमा अकालमै भयो भनी डराउन थाले तर यसबीच एकजना महाजन मलिक मसुदको सहयोग पाए । उनैले शिशुको नाउँ राखे– मेहरुनिस्सा ९महिलामध्येकी सूर्य० ।

मलिक मसुदकै सहयोगमा गियासबेगले सम्राट अकबरको दरबारमा काम पाए । परिवारको आर्थिक अवस्था त्यसपछि सुदृढ भयो । छोरी मेहरुनिस्सा अत्यन्त सुन्दरी थिइन् । अरेबिक र पर्सियाको भाषा ९फारसी० राम्रोसँग बोल्न सक्थिन् । कला, साहित्य ९कविता०, संगीत र नृत्य कला सिकिन् । दिल्लीकै दरबारमा बस्थिन् । सम्राट अकबरका छोरा युवराज जहाँगिर ९सलिम० ले एक दिन दरबारको बगैंचामा देखे । युवराज उनको सुन्दरतामा मोहित बने । मेहरुनिस्साको हातमा दुईवटा सेतो परेवा दिँदै आफू एकछिनपछि आउने बताए । मेहरुनिस्साले परेवालाई एकछिन पनि सम्हालन सकिनन् । एउटा परेवा हातबाट फुत्क्यो र उड्यो । सलिम फर्कंदा मेहरुनिस्साको हातमा एउटा मात्र परेवा देखे र सोधे, ‘अर्को परेवा खोइ रु’ मेहरुनिस्साले सहज उत्तर फर्काइन्, ‘उडेर गयो ।’

सलिमले फेरि सोधे, ‘कसरी ?’

मेहरुनिस्साले समातेर राखेको एउटा परेवालाई पनि उडाउँदै जवाफ फर्काइन्, ‘ऊ यसरी ।’

मेहरुनिस्साको उक्त व्यवहार देखेर सलिम हाँसेको हाँस्यै गरे । झन् मेहरुनिस्साप्रति लोभिए । उनैसँग बिहे गर्ने निधो गरे । सम्राट अकबरकोमा सन्देश पठाए । अकबर छोराको प्रस्तावको विपक्षमा उभिए । बाबु गियासबेगले पनि छोरीको प्रस्ताव मन पराएनन् । दुवैका मातापिता मिलेर मेहरुनिस्साको बिहे अलिकुली इस्ताजलुसित गराइदिए । अलि गियासबेगका भतिजा थिए । सैनिक । बिहेपछि मेहरुनिस्सा लोग्नेसँग बंगालमा बस्न गइन् । त्यतिबेला उनको उमेर १७ वर्ष थियो । त्यतिञ्जेलसम्ममा अकबरले अलिलाई बंगालको जिम्मा लगाइसकेका थिए ।

सन् १६०५ मा सम्राट अकबरको निधन भयो । सलिम जहाँगिरको नाउँले गद्दीमा बसे । मेहरुनिस्सालाई बिर्सन सकेका थिएनन् । त्यसैले सम्राट बन्नेबित्तिकै प्रेमिका मेहरुनिस्सालाई पाउने लालसा बढ्यो तर अलिलाई नमारिकन त्यो सम्भव थिएन । शुरुमा मेहरुनिस्सामाथि सम्बन्धबिच्छेद गर्न दबाब दिन थाले तर उनी मानिनन् । लाडली बेगमको आमा बनिसकेकी उनले पत्र नै लेखेर प्रस्तावको विरोध गरिन् । कुनै विवाहित महिलामाथि लोग्नेलाई ‘तलाक’ दिन दबाब दिनु सम्राटलाई शोभा दिँदैन भनिन् । तर जहाँगिर जसरी भए पनि मेहरुनिस्सालाई पाउन चाहन्थे । त्यसैले षड्यन्त्र रच्न थाले । अलिलाई दिल्ली बोलाए । लामो बिरामी भई बल्ल स्वस्थ बनेका उनलाई बाघको शिकार गर्न जंगल लगे । बाघ देखेपछि जहाँगिरले हात्तीबाट उत्रेर बाघ मार्न जान आदेश दिए । अलि तरबार लिएर अघि बढे । तर जहाँगिरले भने, ‘हतियारले बाघलाई मार्नु बहादुरी होइन ।’

अलि तरबार फ्याँकेर बाघसित भिड्न थाले । लामो प्रयासपछि बाघ मार्न सफल भए । उनी पनि राम्रोसित घाइते भए । र त्यहीबेलादेखि ‘शेरे अफगानी’ कहलिए । घाइते अलि पालकीमा बसेर शहरतर्फ फर्किंदै गर्दा जहाँगिरले एउटा रिसाहा हात्तीबाट आक्रमण गर्न लगाए । पालकी बोक्नेहरु अलिलाई छोडेर कुलेलम ठोके । अलि पालकीबाट निस्के । तरबारले हात्तीको सुँडमा प्रहार गरे । सुँड टुक्रिएर झरेपछि हात्ती पनि भाग्यो । पछिल्लो षड्यन्त्र पनि विफल भएपछि जहाँगिरले एउटा हत्यारा जमातलाई बंगाल पठाए । त्यहाँका गभर्नर कुतुबुद्दिनको सहयोगमा हत्याराहरु राति अलिको निवासभित्र प्रवेश गरे । अलि उनीहरुसँग भिडे र पाँच जनालाई मार्न सफल भए । तर, अन्त्यमा आफ्नो ज्यान पनि गुमाए ।

अलिको हत्या गरिसकेपछि जहाँगिरले मेहरुनिस्सालाई दिल्ली झिकाई राजमाता सलिमा बेगमको सेवामा लगाए । शुरुशुरुमा जहाँगिरले उनीप्रति कठोर व्यवहार गरे । अलिको हत्यामा आफ्नो संलग्नता नभएको भनी सम्झाउने प्रयास गरे । आफूसँग बिहे गर्न चर्को दबाब दिए तर मेहरुनिस्सा टसमस भइनन् । जहाँगिर अधिकांश समय मेहरुनिस्सालाई रिझाउनमै समय बर्वाद गर्न थाले । यसबाट राज्य सञ्चालनमा व्यवधान खडा भयो । नियमित दरबारमा हुने बैठक बस्न छोड्यो । दरबारियाहरु राजाको व्यवहारबाट क्षुब्ध बने । उनीहरु मेहरुनिस्सालाई फकाउन थाले । राज्यको भलो गरिदिन अनुनयविनय गर्न थाले । लामो प्रयासपछि बल्ल सफल भए । मेहरुनिस्सा रानी बन्न तयार भइन् । सन् १६११ मा जहाँगिर र उनको विवाह धुमधामसित भयो । जहाँगिरले मेहरुनिस्सालाई साढे सात करोड भारु। बराबरको असर्फी र गहना उपहार दिए । मेहरुनिस्सा साम्राज्ञी नूरजहाँ ९संसारकै उज्यालो० घोषित भइन् । बिहेको समय नूरजहाँ ३४ र जहाँगिर ४२ वर्षका थिए ।

बिहेपश्चात् नूरजहाँका बाबु गियासबेग प्रधानमन्त्री बने भने दाजु असरफ सेनाको जर्नेल । जहाँगिर राजा बन्न योग्य थिएनन् । बिहेपछि उनको अधिकांश समय नूरजहाँकै शयनकक्ष र उनको अघिपछि घुमेर बित्न थाल्यो । नतिजा शासनको बागडोर नूरजहाँको हातमा गयो । उनी कुशल शासक सावित भइन् । राजनीतिक दाउपेच जान्दथिन् । मन्त्रिमण्डलको बैठकमा उनी जहाँगिरको सिंहासनपछाडि उभिएकी हुन्थिन् र उनको हात जहाँगिरको कुममा हुन्थ्यो । प्रिय रानीको हात कुममा परेपछि बल्ल उनी फैसला गर्न सक्षम हुन्थे । नूरजहाँले हात झिक्नासाथ बैठक समाप्त भएको घोषणा गर्थे । बिस्तारै नूरजहाँको कठपुतली बन्दै गए । नूरजहाँका नातेदारहरु सबै प्रमुख पदमा नियुक्त भए । नूरजहाँलाई प्रसन्न तुल्याइराख्न पञ्जाबको जालन्धर नजिक नूरमहल बनाउन लगाए । आफ्नी भतिजी ९दाजु असफकी छोरी अन्जुमद बानू ९पछि मुमताज० को बिहे युवराज साह ९मोहम्मद खुर्रम० सित गराइदिइन् । पछि साहजहाँले पत्नी मुमताजको सम्झनामा ताजमहल बनाइदिएका हुन् । साहजहाँ जहाँगिरकी अर्की पत्नी जगत गोसाईका छोरा थिए ।

पछि साहजहाँ र नूरजहाँबीच शक्तिसंघर्ष शुरु भयो । साहजहाँले आफ्नै पिता जहाँगिरविरुद्ध विद्रोह गरे । जसलाई नूरजहाँले दुई वर्ष लगाएर दबाइन् । उनी बंगालका प्रमुख प्रशासक महावत खानसित इष्र्या गर्न थालिन् र युद्धको समय लुटेको धनसम्पत्तिको हिसाब मागिन् । नूरजहाँको बदला लिने मनशायबाट महावतले आफू अपमानित भएको महसुस गरे र विद्रोह गर्ने मौकाको खोजी गर्न थाले । नभन्दै जहाँगिर परिवारसहित काबुलतर्फ जाँदै गरेको समय पारेर समातेर थुने । नूरजहाँ भाग्न सफल भइन् । दाजु असरफको सहयोग लिएर जहाँगिरलाई बन्दीगृहबाट छुटाउने प्रयास गरिन् तर सकिनन् । महावतले जहाँगिरलाई बन्दीगृहमा राम्रो व्यवहार गरे, नूरजहाँको कारण शासन कमजोर बन्न पुगेको बुझाए र नूरजहाँलाई मार्ने आज्ञापत्रमा हस्ताक्षर गराउन सफल भए । योजनाअनुरुप जहाँगिरले आफूलाई भेट्न आउन नूरजहाँलाई पत्र लेख्न लगाए । नूरजहाँले जहाँगिरसमक्ष माफी मागिन् । ज्यान माफी दिन अनुनयविनय गरिन् । राजारानीको प्रेमपूर्ण र कारुणिक दृश्य देखेपछि महावतको मनमा करुणा जाग्यो । नूरजहाँप्रति नरम व्यवहार गर्न थाले । नूरजहाँ महावतको यही सद्व्यवहारको फाइदा उठाउँदै भाग्न सफल भइन् ।

नूरजहाँले पछि महावतविरुद्ध आदेश जारी गरिन् र जीवितै वा लास ल्याउन भनिन् । तर महावत ज्यान जोगाएर भाग्न सफल भए । महावतको विद्रोहपछि नूरजहाँ झन् शक्तिशाली बनिन् । सन् १६२७ मा जहाँगिरको निधन भयो । साहजहाँ गद्दीमा बसे । नूरजहाँ आफ्नो ज्वाइँ सहरयारलाई राजा बनाउन सफल भइनन् । साहजहाँले गद्दीको लालसा राख्ने आफ्ना प्रत्याशीहरु सबैलाई मार्न लगाए ।

साहजहाँको राज्याभिषेकलगत्तै नूरजहाँ शक्तिहीन बनिन् । उनी छोरी लाडलीलाई लिएर लाहौरतर्फ लागिन् । साहजहाँबाट वार्षिक पाउने दुई लाख भारुले जीविकोपार्जन गर्न र धर्मकर्ममा व्यस्त हुन थालिन् । उता साहजहाँकी रानी मुमताजको सन् १६३१ मा प्रसवको समयमा अत्यधिक रक्तश्राव भएर निधन भयो । इतिहासकारहरु मुमताज १४ औंपटक सुत्केरी भएको बताउँछन् । उनी ३८ वर्षकी थिइन् । मुमताजको निधनले साहजहाँको हृदय छियाछिया भयो । शासन चलाउन मन हरायो । उनले आफ्नी प्रिय रानी मुमताजको सम्झनामा सन् १६३२ मा ताजमहल बनाउन लगाए, जुन सन् १६५३ मा बल्ल पूर्ण भयो । साहजहाँले माइला छोरा दारा सिकोहलाई शासनभार सुम्पेको जेठा छोराले मन पराएनन् । जेठा छोरा औरंगजेबले सन् १६५९ मा साहजहाँलाई ताजमहलमै बन्दी बनाई आफूलाई सम्राट घोषित गरे । साहजहाँको निधन सन् १६६६ मा भयो ।

नूरजहाँको निधन सन् १६४५ मा लाहोरमै भइसकेको थियो । उनको चिहानमा लेखिएको छ, ‘यो गरिब अपरिचितको चिहानमा न त दियो छ न गुलाफको फूल, न यहाँ पुतली फडफडायो न जुरेलीले गीत गायो ।’ –जनआस्था साप्ताहिक

सम्बन्धित समाचार