कोरोना भाइरसबारे सबैभन्दा पहिला सुचना दिने डाक्टरकै मृत्यु भएपछि…

कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनेर सबैभन्दा पहिला सुचना दिने एक डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको र आफू पनि त्यसबाट संक्रमित भएको भनी बताएका थिए ।

तर, उनले दिएको सूचना हावादारी भएको, जनतामा भ्रम छर्ने काम गरेको र हुँदै नभएको रोगका विषयमा हल्ला फिजाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । कोरोनाको संक्रमण फैलिन थालेपछि प्रहरीले उनलाई छाडेको थियो ।

उनै कोरोनाको भाइरस सम्बन्धी सुचना दिने डाक्टरको निधन कोरोना भाइरसकै संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुहान केन्द्रीय अस्पतालले चिनियाँ सोसल मिडिया प्लेटफर्ममा पनि उनको मृत्युबारे बताएको छ ।

उनको मृत्युबारे विरोधाभासी रिपोर्टहरु आएका थिए, तर चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले पनि यो कुराको पुष्टि गरेपछि उनको निधन बिहीबार राति भएको हो । ३४ वर्षीय ली को मृत्यको समाचार चीनबाहेक अन्य ठूला अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेपछि यो घटनाप्रति संसारभरका मानिसको ध्यान केन्द्रित भएको छ । –एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार