नेपालले चीनलाई यस्तो सहयोग गर्दै, चौतर्फी वाहीवाही !

नोबेल कोरोना भाइरस संक्रमण सुरक्षाका लागि नेपाल सरकारले १ लाख वटा प्रोटेक्टिभ मास्क चीन सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको उच्च पदस्थ सरोकारवालाको छलफलले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

‘नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बिहान ११ बजे बसेको बैठकमा प्रधानमन्त्री ओलीले नोवेल नोबेल कोरोना भाइरस संक्रमणको सम्भावित खतराबारे नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरीपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन पनि निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सम्वद्ध क्षेत्रका प्रतिनिधिहरुलाई डाकेर निर्धारित कार्ययोजनाअनुरूप आवश्यक तयारीमा जुट्न निर्देशनसमेत दिएका छन् ।

‘कोरोना भाइरस संक्रमणको सुरक्षाबारे छलफल गरी रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिवसहित सम्वद्ध सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको थापाले जनाए ।

‘चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवम् नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न प्रधानमन्त्रीले ध्यानाकर्षण गराउनुभयो,’ थापाले भने ।

सम्बन्धित समाचार