कुखुराको मासुको मुल्य हालसम्मकै सबैभन्दा बढी

एक महिनाको अवधिमा कुखुराको मासु प्रतिकिलोे सय रुपैयाँ भन्दा बढीले बृद्धि भएको छ । गत पुस १ गते प्रतिकिलो २ सय ८० मा पाईने कुखुराको मुल्य यतिबेला प्रतिकिलो ४ सय रुपैयामा कारोबार भईरहेको छ । ह्याचरी उद्योगीहरुले सस्तो मुल्यमा मासु बेच्नुपरेको भन्दै पुसमा गरेको १० दिने आन्दोलनले गर्दा मासुको मुल्य बढेको हो ।

ह्याचरी उद्योगीहरुले मासुले बजार नपाएको भन्दै दश दिन सम्म कुुखुरा उत्पादन ठप्प पारेका थिए । आन्दोलन अवधिभर १५ करोडको चल्ला र ४५ करोडको ह्याचिङ अन्डा नष्ट गरिएको थियो । ह्याचरी उद्योग संघ बागमती प्रदेशका अध्यक्ष ज्ञान बहादुर बिसुरालले भने बिगत डेढ बर्षदेखि घाटामा रहेका किसानलाई राहत मिलेको बताए । बिगतमा हेर्दा कुखुराको लागत मूल्य धेरै रहेको भन्दै उत्पादन कम हुँदा मूल्य बढ्नु स्वभाविक रहेको बताए ।

बजारमा कुखुराको तयारी मासुको मुल्य ४ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्यमा कुखुराको मासुको कारोबार भएको व्यवसायीहरु बताउँछन् । यसरी दशदिनको आन्दोललाई जोडेर व्यवसायीहरु खुल्ला सीमानाबाट कुखुरा ओसारपसार गर्दै यहाँका किसानलाई फेरि पुरानो अवस्थामा फर्काउने अवस्थामा लागेको केहि व्यवसायीहरु बताउँछन् ।

कुखुराको मासुकै हाराहारीमा अन्डाको मूल्य पनि बढेको छ । पुष १ गते ३ सय २० प्रति क्रेटमा बिक्री भएको अन्डा २० दिनपछि ४ सय पुगेको छ । व्यवसायीहरुको सिन्डिकेटले चल्ला र अन्डा नष्ट गरी मुल्य बढाएपछि आम उपभोक्ता मारमा परेका छन् ।

दानाको मूल्य बढ्दा उत्पादन लागत नउठेको भन्दै किसानले चल्ला नराख्दा भाउ बढेकोे हो । यता, ह्याचरी उद्योगी भने १० दिन चल्ला उत्पादन र अण्डा नष्ट गरेकै कारण मूल्य नबढेको जिकिर गर्छन् । यसरी अस्वभाविक रुपमा कुखुराको मूुल्य बढ्दा अनुगमन गर्ने निकाय बाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले रमिता हेरेर बसेको छ ।

विभागले समयमै पोल्ट्री क्षेत्रका व्यवसायीलाइ बोलाएर छलफल गरी समस्याको समाधान गर्न उचित कदम चाल्न आवश्यक देखिन्छ ।

सम्बन्धित समाचार

Online Marg Nepali News
सुनको मूल्य बढ्यो

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । नेप

Online Marg Nepali News
सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घटेको छ । साताको तेस्रो दिन सुनको भाउ घटेका सुनचाँदी व्यव