फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार स्थानिय बजारमा सुनको भाउ बढेको छ । गत साताको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर ७६ हजार प्रतितोला कारोबार भइरहेको छापावाल सुन आज ५ सयले बढेर तोलामा ७६ हजार ५ सय पुगेको हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि तेजावी सुन ७५ हजार ७ सय रहेको थियो ।

यता चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ८ सय ९० रुपैयाँमा कारोबार हुँदै आएको थियो ।

सम्बन्धित समाचार

Online Marg Nepali News
सुनको मूल्य बढ्यो

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । नेप

Online Marg Nepali News
सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घटेको छ । साताको तेस्रो दिन सुनको भाउ घटेका सुनचाँदी व्यव