करोडपति बन्न चाहनुहुन्छ ? यस्तो छ नेपोलियनको करोडपति बन्ने तरिका !

तपाईको मष्तिष्कमा कुन प्रतिभा सुतेको छ ? के तपाई करोडपति हुने कल्पना गर्न सक्नुहन्छ ?

सायद, सक्नुहुन्न होला किन ? किनकी, अरुले पागल भन्लान भन्ने डर छ वा आफैमा विश्वास छैन, तपाईलाई । तपाईको वर्तमान अवस्था हिजोको तपाईको कल्पनाको परिणाम हो अनी आज जे कल्पीनु हुन्छ त्यो तपाईको भोलिको यथार्थ हुनेछ भन्ने अकाट्य सत्य तपाईलाई थाहा नभएर नै हो ।

कतै तपाईको हालत त्यो कस्तुरीको जस्तै त छैन जो आफैभित्रको सुगन्ध नचिनेर रनवन चाहारीरहन्छ । तपाई आफै सम्बृद्धिको भण्डार हुुनुहुन्छ त्यसैले सोचनुहोस् अनि सोचेजति धनि बन्नुहोस किनकी तपाईको ‘मानसिक क्यामेस्ट्री’ले जादु जस्तै काम गर्दछ । सफलता कुनै ब्यक्तिको इच्छाबाट सुरु हुन्छ । यो पूर्णरुपले मानसिक स्थितिमा भर पर्दछ ।

थोमस एडिसनले एक यस्तो बल्वको कल्पना गरे जुन विजुल्लीबाट जल्यो र भौतिक स्वरुप बदलियो ।

राइट दाजुभाइले यस्तो मेसिनको कल्पना गरे जुन हावामा उड्न सकोस । आज हामी संसार भरिमा प्रत्यक्ष देख्न सक्छौं । मार्कोनीको कल्पनाका कारण संसार भर रेडियो, टेलिभिजन आदि उपकरणमा वायुको अन्जान शक्ति प्रयोग भयो ।

डब्लु क्लिमेन्ट स्टोन जसले १०० डलरलाई करोड डलरमा बदलिदिए किनकी सफलताको इच्छा र धनी बन्ने सोच्नुपर्छ भन्ने शिद्धान्तमा उनी अडीग थिए । आज उनको बार्षिक आम्दानी ३.५ करोड डलर छ । -नेपोलियन हिलको पुस्तक सोच्नुहोस र धनी बन्नुहोसबाट साभार

सम्बन्धित समाचार