पासवर्ड बिना सजिलै यसरि खोल्न मिल्छ अरुको फेसबुक, हेर्नुहोस !

तपाईंले आफ्नो फेसबुकको पासवर्ड आफूलाई मात्र थाहा छ, म मात्र खोल्न सक्छु भन्ने धारणा पाल्नुभएको छ भने तपाई गलत धारणामा हुनुहुन्छ । तपाईं बाहेक पनि अरु कोहीले तपाईंको फेसबुक खोल्न सक्छन् ।

के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाईंलाई मात्र पासवर्ड थाहा भएको तपाईंको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ भनेर ।

हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् ।

आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो पनि होइन, यी मानिसका कारण तपाईंको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।

उनीहरुलाई तपाईको फेसबुक खोल्न पासवर्डको जरुरत नै पर्दैन । ती कुनै ह्याकर हैनन् ती फेसबुक कम्पनीकै कर्मचारी हुन् । फेसबुकले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ ।

वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन ।

फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई फेसबुकले यस्तो अधिकार तथा सुविधा दिएको हो ।

फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलाई दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन ।

निश्चित काम पुरा गरुन्जेलका लागि फेसबुकले आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागेको हो ।

किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैँभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।

यो पनि,

फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स

फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म हो । विश्वका करोडौँ मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् ।

तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ । अनि प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् ।

यस परिप्रेक्ष्यमा फेसबुकले प्रयोगकर्ताको फेसबुक खाताको सुरक्षाका लागि केही विशेष टूल्स उपलब्ध गराउन समेत सुरु गरेको छ ।

यस्ता टूल्सको प्रयोग गरी प्रयोगकर्ताले फेसबुक अकाउन्टबाट डाटा लिक हुने तथा ह्याकिङ्ग हुने जोखिमबाट बच्न सक्दछन् । फेसबुकका सेफ्टी टूल्स के के छन् र त्यसको प्रयोग कसरी गर्न सकिन्छ रु केही टिप्स यस्ता छन्ः

न्यूज फिडलाई पर्सनलाइज्ड गर्नुहोस्ः यसको सहायताले तपाइँले आखिर किन तपाइँको फेसबुकमा कुनै खास प्रकारका पोष्टहरु मात्र धेरै देखिन्छन् भन्ने कुरा थाहा पाउनुहुन्छ ।

फेसबुकले यस्ता पोष्ट कम गर्नका लागि केही शर्टकट्स दिएको हुन्छ । त्यसको प्रयोग गरी प्रयोग गरी प्रयोगकर्ताले आफ्नो न्यूजफिडलाई आफ्नो मनपर्ने पोस्टका लागि पर्सनलाइज्ड गर्न सक्दछन् ।

फेसबुक डाटा म्यानेज गर्नुहोस्ः यो नयाँ प्राइभेसी शर्टकटमा प्रयोगकर्तालाई एउटा मेन्यू प्राप्त हुन्छ । त्यहाँ ट्याप गरी प्रयोगकर्ताले आफ्नो डाटा नियन्त्रण गर्न सक्छन् । साथै नयाँ शर्टकटले प्रयोगकर्ताको डाटालाई कसरी कन्ट्रोल गर्दछ भन्ने कुरा पनि फेसबुकले जानकारी दिन्छ ।

फेसबुकमा प्रयोगकर्ताले अग्रीम रुपमा कन्ट्रोल अप्सन प्राप्त गर्न थालेका छन् । जहाँ प्रयोगकर्ताले फेसबुकले कसरी र कहाँ आफ्नो डाटाको प्रयोग गर्न पाउँदछ भन्ने कुरा तय गर्न सक्दछन् । प्रयोगकर्ताले आफ्नो लोकेसन डाटालाई म्यानेज गर्नुका साथै फेसबुकमा अपलोड हुने सामाग्रीहरु, फेस रिकग्नीसन सेटिंग, तथा एड प्रेफरेन्स जस्ता विषय पनि म्यानेज गर्न सक्दछन् ।

लगइनका लागि टू फ्याक्टर अथेन्टिकेसनः फेसबुकले प्रयोगकर्ताका लागि एक विशेष खालको सेक्योरिटी फिचर ल्याएको छ, जसबाट तपाइँले पासवर्डका अलावा पनि फेसबुकको अकाउन्टलाई अझै सुरक्षित बनाउन सक्नुहुनछ ।

यो फिचर भनेको टू फ्याक्टर अथेन्टिकेसन हो । उक्त फिचर एक्टिभेट गरेसँगै तपाइँले आफ्नो फेसबुक अकाउन्टमा लगइन गर्दा आफ्नो मोबाइल वा इमेलमा आउने लगइन कोडको प्रयोग गर्नै पर्दछ । यसो गर्दा अरु मानिसले तपाइँको फेसबुकको पासवर्ड थाहा पाएपनि लगइन गर्न सक्दैन ।

एप्सका डाटा सिमिति गर्नेः यस फिचरबाट फेसबुकले अन्य एप्सद्वारा रिक्वेस्ट गरिने डाटालाई कम गर्ने कोसिस गरेको छ । यो एप्स अहिले केवल प्रयोगकर्ताको प्रोफाइल फोटो, नाम तथा इमेल एड्रेसलाई मात्र एक्सेस गर्न सक्दछ । यसका अलावा अरु जानकारीका लागि पहिले सम्बन्धित फेसबुक प्रयोगकर्ताको अनुमति लिनु पर्दछ ।

रिपोर्ट एब्युजः यो फिचरका माध्यमले प्रयोगकर्ताले गत फोटो, भिडियो तथा पोस्टका विषयमा फेसबुकमा रिपोर्ट गर्न सक्दछन् । जब फेसबुकमा कुनै पोष्टको बारेमा उजुरी आउँदछ, तब फेसबुकले त्यसलाई समीक्षा गर्दछ ।

यदि समीक्षाबाट उक्त पोष्ट कम्पनीको नीति तथा समाजको मापदण्ड भन्दा बाहिर छ भन्ने लागेमा त्यसलाई फेसबुकले हटाइदिन्छ । खुसीको कुरा के भने फेसबुकले यसरी उजुरी गर्नेको पहिचान गोप्य राख्दछ ।

प्राइभेट कन्भर्सेसनः फेसबुकले हालै आफ्नो मोबाइल तथा डेस्कटप एपमा ग्रुप बेस्ड कम्युनिकेसनलाई प्रवद्र्धन गर्नका लागि केही परिवर्तन ल्याएको छ ।

एपको केन्द्रमा माथिल्लो भागमा एउटा ग्रुप ट्याबको अप्सन छ । त्यसको सहयोगले ग्रुपको सामाग्री तपाइँको न्यूज फिडमा पहिले भन्दा धेरै देखिनेछ । साथै फेसबुक प्रयोगकर्तालाई नयाँ ग्रुप खोज्न तथा त्यसमा सहभागी गराउने विषयमा पनि सुझाव दिन्छ । –एजेन्सीको सहयोगमा

यो पनि,

कुन-कुन देशमा फेसबुकु चलाउन पाइदैन ?

अहिले सामाजिक सञ्‍जाल ुफेसबुकु विश्‍वभरी नै चर्चित छ। फेसबुकको माग दिनप्रतिदिन बढ्दो छ। तर चर्चित फेसबुक पनि केही देशहरुमा चलाउन भने प्रतिबन्ध लगाइएको छ। कुन कुन देशमा फेसबुकलाई प्रतिबन्ध गरिएको छ त रु

पाकिस्तान

सन् २०१०देखि सामाजिक सञ्‍जाल ुफेसबुकु पेजमा पैगम्बर मुहम्मदलाई दुर्दशामा अवस्थामा रहेको भनेर कार्टून पोस्ट भेटियो। यसपछि उक्त तस्बिर भाइरल हुँदै धेरै विवाद निम्त्यायो र पाकिस्तान सरकारले दुई हप्ता फेसबुकलाई बन्द गर्नु पर्यो भने पछि देशमै नै प्रतिबन्ध लगाउनु पर्‍यो।

उत्तर कोरिया

उत्तर कोरियामा पनि फेसबुक चलाउन पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। उत्तर कोरियामा फेसबुक चलाइए त्यहाँको गोप्य कुरा बाहिर आउने डरले प्रतिबन्ध लगाइएको हो।

इरान
इरानमा सन् २००९ मै चुनावपछि फेसबुक चलाउन त्यहाँका नागरिकहरुलाई रोक लगाइयो। तर ४ वर्षपछि कसैलाई नसोधी फेसबुकमाथि इरानमा प्रतिबन्ध लगाइयो।

तजाकिस्तान

इरानको राष्ट्रपतिमाथि भ्रष्टाचार गरेको दुष्प्रचार हुने डारले ताजकिस्तानमा नोभेम्बर सन् २०१२ मा फेसबुकमा रोक लगाइयो।

चीन
चीन सरकारले पनि आफ्नो नागरिकले विरोधका स्वरहरु फेसबुकमा आउन सक्‍ने भन्दै देशभरि नै फेसबुक चलाउन रोक लगाइदियो। तर चीनमा पर्यटकको लागि भने फेसबुक चलाउन छुट दिइएको छ।

भियतनाम
यहाँ सन् २०१६ देखि विरोध सुरु भएपछि फेसबुकलाई दुई हप्ताको लागि प्रतिबन्ध लगाइएको थियो तर यसपछि पूर्ण रुपले फेसबुकमाथि सरकारले रोक लगाइदिएको छ।

मारीश
यो देशमा सन् २००७ नोभेम्बरमा प्रधानमन्त्रीको नाममा एउटा झुटो प्रोफाइल बनेको थाहा पाएपछि सरकारले सामाजिक सञ्‍जाललाई प्रतिबन्ध लगाउनु पर्यो।

क्यूबा
यहा पनि फेसबुक चलाउन पाइनदैन। यदि चलाउनै परेमा फेसबुक क्याफेमै जानु पर्छ।

बांग्लादेश
बंगलादेशमा फेसबुकमा एउटा विवादित कार्टून पोस्ट गरिएपछि यहाँ पनि फेसबुकमाथि प्रतिबन्ध लगाइयो। तर यो पोस्ट हटाएपि फेरि फेसबुक चलाउन सुरु गरिएको छ।

इजिप्ट
सन् २०११पछि इजिप्टको राष्ट्रपतिलाई बधाई दिनुको साटो विवादित अभियान चलाएपछि फेसबुकमाथि रोक लगाइयो। एजेन्सी

यो पनि,

फेसबुक धेरै चलाउनुहन्छ ? मानसिक रोगी हुनु होला

यसो एक छिन एउटा साथीसँग कुरा गर्छु भनेर म्यासेन्जर खोलेको थिएँ। अर्को तिर एउटा म्यासेज आयो। इनबक्स खोलेँ। १ सय १२ बाह्र जनाको ग्रुप रहेछ त्यो। मेरो साथीको नामबाट एउटा भिडियो आएको रहेछ मैले लिंकमा क्लिक नगरेरै थाहा पाएँ। त्यो भिडियो अश्लिल हो उत्तिखेरै अरु साथीहरुले पनि त्यसमा आपत्ति पोख्न थाले बास्तवमा कसले बनायो त्यो ग्रुप र कसले पठायो त्यो भिडियो कसैले पत्तो पाएनौँ। अन्तमा स्टाटसबाट नै त्यसमा हामी कसैको संलग्नता नरहेको स्पष्ट पार्‍यौं। मलाई त्यो कुराले धेरै गम्भीर बनायो।

बिहान महामृत्युञ्जय मन्त्र सुन्ने बानी छ मेरो। कहिलेकाहीँ खै किन हो युटुब खोल्न भनेर कम्प्युटरको पर्दा उघार्छु तर माउस फेसबुकमा गएर क्लिक हुन्छ। कलेज पढाउने मान्छे म। अनि आफै पनि फुर्सदको समय प्रायः पुस्तकहरु पढेरै बित्छ। काम र पढाईबाट फुर्सद मिलेको समय धेरै फेसबुकमै पनि बिताएको छु मैले। त्यो समयमा फेसबुकमा आउने मानिस, सूचना, समाचार र आम मानिसका पोस्टहरुलाई नजिकबाट अध्ययन गरेको छु । त्यसैको प्रभाव होला नचाहँदा नचाहँदै पनि कहिले काही माउस फेसबुक एप्सतिर जान्छ।

साथी धेरै आत्मीयता कम

१००० भन्दा बढी साथी छन् फेसबुकमा तर मुश्किलैले चिन्ने दुई सय होलान्।

चिनेका दुइसय साथीमध्ये मेरो अहिलेसम्म २० जनाजतिसँग कुरा भएको होला बाँकीसँग हेलो हाइसम्म पनि भएको छैन। कतिपय फेसबुकमा भएका साथीहरु बाटोमा भेट हुँदा बोलचाल हुँदैन। बाटोमा बेलचाल नहुनेसँग म्यासेन्जरमा कुरा गर्नुपर्ने खास काम पनि हुँदैन। भेटमै के छ सन्चो बिसन्चो औपचारिक बोलाचाल नहुनेसँग च्याटमा कुरा गरेर समय बिताउनुको औचित्य केही छ जस्तो मलाई लाग्दैन।

कुनै कुनै साथी भएका मान्छेहरु प्रभावशाली र क्षमतावान हुन्छन्। केही खास गुण वा विशिष्टता भएका मान्छेहरुसँग केही आइडिया साझेदारी गर्न मन लाग्छ तर त्यस्ता मान्छेहरुलाई फेसबुकमा बहस गर्ने समय हुँदैन। औसत मान्छेसँग समय प्रशस्त हुन्छ तर उनीहरुसँग केही पाउन सकिदैन। मेरो अनुभव हो यो। कुनै मान्छेसँग प्रत्यक्ष भेट नभई वा चिनजान नभई उनीहरुको म्यासेज रिप्लाई गर्न मान्छेको भलाद्मीपनले पनि अलि दिदैँन। म पनि त्यस्तै हुँ। सबैको म्यासेजको रिप्लाई लेख्दिन। अरुले मेरो पनि लेख्दैनन्। यस्तो फ्रेन्डसिपको सम्बन्ध केको लागि रु सबै मान्छे आफ्नै आफ्नै काममा। आफ्नै आफ्नै तनावमा। घरबाहिर निस्केर भेट्ने यसो घुमघाम गर्दै सुख दुख साट्नुमा जो आनन्द छ त्यो फेसबुकको पर्दाभित्रका साथीको अनुहार हेरेर बस्नुमा कहाँ छ। ओठमा हाँस्नु र स्टिकरमा हाँस्नु धेरै फरक कुरा हो।

त्यो मात्र होइन। हामीले फेसबुकमा पोस्ट गर्ने कुरा, हाम्रा पोस्टले पाउने लाइक र कमेन्टले पनि हामीलाई रोगी बनाइरहेको छ। तसबीरलाई धेरैले लाइक गरिदिए आफूलाई स्मार्ट ठान्ने अनि अपेक्षा गरेका कुनै मान्छेले वेवास्ता गरिदिदा हीन भावले ग्रस्त हुने। फेसबुकमा आउने हरेक कुरालाई चासो दिएर हेर्ने गर्नाले हाम्रो मस्तिष्कमा राम्रो भन्दा नराम्रो कुराको छाप छिटो र दीर्घकाल सम्म रहिरहन्छ र यसले मान्छेको सकारात्मक सोच्ने उर्जालाई निस्क्रिय बनाइदिन्छ।

भेटघाटमा आपसमा गर्न वा भन्न नसकिने कुरा वा कसैप्रतिको आग्रह, द्वेष, कुण्ठा, घृणा जस्ता नकारात्मक भावनाहरुलाई पोख्न भने फेसबुकले सजिलो बनाइदिएको छ। प्राइभेट म्यासेज बक्स होस् या टाइमलाइनमा लेखेर छाडिदियो अनुहार देखाउनु पर्दैन। लज्जा हुँदैन। कसैको अघि हीनताबोध गर्नुपर्दैन। म पनि यसको प्रयोगकर्ता हुँ यो काम मैले पनि गरेको छु आफ्नो अनुवभव नभई अरुलाई दिने सल्लाह वा ज्ञानको पनि खासै अर्थ हुँदैन। केही व्यक्तिहरुलाई मैले पनि नजिकबाट हेरेँको छु। मलाई चाहिने कुनै लेखको विषयवस्तु वा कुनै कथा उपन्यासको पात्र खोज्ने काममा यसले सहयोग गरेको छ र म स्वयम् पनि एउटा पात्र भएर प्रस्तुत भएको छ। नारी मनोविज्ञान, मान्छेभित्र प्राय आउने विचारहरु, मान्छेको चेतना स्तर, समाजिक चिन्तन र प्राय मानिसको दैनिकी कसरी बित्छ भन्ने कुरालाई मैले फेसबुकबाट नै बुझेको छु। मलाई पनि मान्छेले यसै गरि बुझेका होलान्।

मलाई लाग्छ अहिलेको फेसबुकमा धेरै समय बिताउने मान्छेहरु एक एक पत्रकार हुन्। आलोचक पनि हुन्। समाज सुधारक हुन्। बुद्धिजीवि हुन्। तर उनीहरुको कामले न समाज न कुनै व्यक्ति कसैलाई राम्रो फाइदा गरेको छैन। भूमिका जसले अरु केहीगर्न नसकेपनि आफूलाई क्षण क्षणमा अपडेट गरिराखेका हुन्छन्। कसलाई रुखा लागेको छ। कसले कुन होटलमा बसेर के खाँदै छःरु कसको घरमा के तरकारी पाकेको छ। कसले आज श्रीमतिसँग एनिभर्सरी मनाइरहेको छ सब कुरा थाहा पाउन सकिन्छ।

अस्वाभाविक आत्मप्रदर्शन

बसको टिकट काटेर दुनियाँको पसिना गह्नाउने सिटमा टाउको राखेर यात्रा गरिराखेको होस् ट्राभलिङ् टु केटिएम फ्रम सुर्खेत भनेर हवाइजहाज उडेको चित्रसँग आफूलाई अपडेट गर्ने मान्छेहरुको कमी छैन फेसबुकमा।

खाना खादैँ गरेको अवस्था, आराम गरिरहेका अवस्था, अफिस जाँदै गरेको अवस्था अफिसमा काम गरिरहेको अवस्था। यस्ता अवस्था धेरै अपडेट भइराख्छन् फेसबुकमा। संसारमा के भइरहेको छ भन्दा पनि कुन साथीले के गरिरहेको छ सबै थाहा हुन्छ अहिलेको मान्छेलाई।

स्त्री वर्गका पनि आफ्नै आफ्नै सौख छन्। भान्सामा काम गरिराखेको अवस्था , तरकारी काट्दै गरेको अवस्था फेरि एकछिन् पछि तरकारी चाख्दै गरेको अवस्था।

खाना खादै गरेको अवस्था आयो चुठ्दै गरको अवस्था आउन बाँकी छ। साँझ सुत्दै गरेको अवस्था पनि देखियो त्यो पनि अचम्म नमानौँ मस्तसँग निदाइरहेको अवस्था पनि देखियो। बिहान उठ्दै गरेको अवस्था पनि देखियो प्रभु अब उठेर वाथरुममा गएर के के गर्दै गरेको अवस्था पनि देखिने हो कहिले देखि। अस्पतालमा बिरामी भएर भर्ना भएको बेलामा पनि आफ्नो अवस्था नदेखाई भा छैन मान्छेलाई। श्रीमती सिटिस्क्यान मेसिन भित्र हुँदा पनि श्रीमान्लाई फोटो खिचेर माइ स्विट हार्ट इन सिटिस्क्यान क्याप्सन फेसबुकमा नहाली नहुने यो कस्तो माया हो रु

विवाह गर्दै गरेको अवस्था सम्म त ठिकै हो। सेलिब्रेटिङ हनिमुन विद स्वीटहार्ट एण्ड ट्वान्टी टु अदरस भन्ने स्टाटस पनि देखियो अब त्यो पनि कहिले देखि लाइभ हेर्न पाइने हो। पक्कै पूरा नभएपनि ट्रेलर त यै जुनीमा देख्न पाइएला जस्तो लाग्छ।

कुनै नयाँ ठाउँमा गयो एउटा फोटो टाँसेर थाहा दिइहाल्नु परेको छ मान्छेलाई। धन्न ससुराली र माइत गएको फोटो प्रत्येक पटक हाल्दैनन् मान्छेहरु अरुले के भन्लान् भनेर। नयाँ कपडा शरीरले र फेसबुकले एकै पटक लगाउछन्। अहिले को होला नयाँ कपडा लगाएर ऐना हेरिसकेपछि फेसबुकमा फोटो नहाली बाहिर केटी मान्छे रु अनि कतै केही मिठो खाने कुरा मुखमा हाल्नुभन्दा पहिला फेसबुकमा नहाल्ने मान्छे रु पहिला चोखामिठो खाँदा भगवानलाई चढाउने परम्परा थियो अहिले फेसबुकमा चढाउने परम्परा बसेको छ। चन्द्रागिरीमा म म र धोबीखोलाको छेउमा पानीपुरी खाएको फोटो राख्न त छोडेको छैन मान्छेले भने अरु के छोड्ला रु

अब समय यस्तो बिरामी मान्छेलाई फेसबुकमा स्याउ सुन्तलाको फोटो राखिदिएर गेट वेल सुन भनिदिए पुग्छ। बिरामीलाई कहाँ छ कुन अस्पतालमा छ भनेर खोज्ने र भेट्ने फुर्सद कसलाई होस्रु कोही चिनेको मान्छे मरेको फोटो फेसबुकमा देखिए एउटा दाउरा र रिप कमेन्ट बक्समा राखिदिएर मलामीको कर्तव्य पुरा हुन्छ। मान्छे मान्छेबीचको आत्मीयता शुन्य प्रायः भइसक्यो। कतिपय त रिडिङ् बुक भनेर क्याप्स्न वा फोटो राख्छन् अनि आएका कमेन्टहरुको रिप्लाई पनि दिइरहेका हुन्छन् बाफ रे कस्तो दिमाग हो यतातिर फेसबुक उता तिर अर्को बुक धमाधम दिइराछ। तर ती मान्छेको जहिले पनि रिडिङ बुक भन्ने स्टाटस र फोटो हेरियो तर त्यो बुकमा खास के रहेछ र पढ्नुपर्ने कारण के रैछ कहिलै पढ्न पाइएन। उनीहरुले पनि लेख्न भ्याएनन्। पढिरहको अवस्था अपडेट गर्दा गर्दै।

अनुहारको विज्ञापन

मान्छेलाई आफ्नो अनुहार जस्तो भए पनि त्यसै स्मार्ट त्यस्मा पनि अरुका लाइक र नाइस पिक कमेन्टले त झन आकासै चढाइदिने।

सातथरीका मेकअप किड्स प्रयोग गर्‍यो, कस्तो अनुहार बनाउँदा राम्रो देखिन्छ भनेर तीनचार पटक फोटो खिच्यो। अलि राम्रो देखिने फोटोलाई फेरी अनेक एप्सहरुले इडिट गर्यो अनि लास्टमा सादा जीवन उच्च विचार भन्ने क्याप्सन लेखेर फोटा अपलोड गरिदियो। त्यपछि कुरेर बस्यो लाइक र कमेन्ट। एक लाइक बराबर एक डलरको भ्यालु हुन्छ। अनि सौन्दर्यप्रेमीहरुको कमेन्टको ओइरो लाग्छ।

वाउ प्या नाइस पिक। पहिलो कमेन्ट देखाइदिन्छ नोटिफिकेसनले

यस्तो कमेन्टलाई धन्यवाद कसरी नदिनूरु

हो र थ्याङ्क्स डियर — रिप्लाई गइहाल्यो

अर्को कमेन्ट आउँछ — क्या ब्युटिफुल, ।

यस्लाई अलि फरक रिप्लाई दिनुपर्‍यो — होइन होला त्यस्तो त एनि वे थ्यांक यु।

अनि केमेन्टको रिप्लाई दिँदा घण्टौ बितिसक्छ। कलेजमा गर्नु भनेको असाइमेन्ट कहाँ छ नोट कहाँ छ होमवर्क कहाँ छ के पत्तो होस् । अलि नोट माग्ने सरको नाममा ट्रोल बनायो एउटा पेजमा पोस्ट गरिदियो। पत्तो हुँदैन। फेसबुकमा त्यस्तो कमेन्ट दिनेहरु सबैलाई थाहा हुन्छ कि म झुट् बोलिरहेको छु वास्तवमा यस्तो मान्छेलाई त्यति राम्रो कमेन्ट दिनु आवश्यक नै छैन।

कमेन्ट गर्ने र कमेन्टमा मख्ख हुने दुवैमा थोरै मानसिक रोग देखा परिसकेको छ। एक थरीलाई झुट बोल्ने आदत बसेको छ अर्काथरीलाई भ्रममा बाँच्ने।

कसैले त मलाई भन्छन् खै मेरो फोटोमा लाइक कमेन्ट केही छैनरु

हाँसिदिन्छु।

मान्छे प्रशंसाको भोको यति भैसक्यो।

के मान्छेलाई फेसबुकमा राख्न आफ्नो फोटो बाहेक अरु केही हुँदैन रु कुनै विषयमा विचार वा चिन्तन हुँदैन रु कुनै महत्वपूर्ण सुचना र जानकारी हुँदैन रु

फेसबुकमा धेरै समय अनावश्यक जानकारी, बिताउँदा मान्छेको दिमाग कस्तो बन्छ र त्यो समय अरु रचनात्मक काम या पुस्तक पढेर बिताउँदा कस्तो बन्छ म आफैले अनुभव गरेको छु। स्टाटस लेख्छु स्टाटसमा आफ्नो अवस्था लेख्दिन बिचार लेख्छु भावना लेख्छु तर लाइक र कमेन्टको आसा अपेक्षा गर्दिन। कसैका राम्रा र मन छुने कुराबाहेक लाइक गर्दिन मैले पनि। फोटो राख्नै हुँदैन भन्ने मेरो विचार होइन। तर फोटो पनि कुनै सन्देश दिने हुन्छ। कुनै विशेष परिस्थितिको हुन्छ। यौटै अनुहारलाई बिना अर्थ पटक पटक अपलोड गरिरहनु र लाइक र कमेन्ट गनेर समय बिताउनु कति उचित हो आफैले विचार गरौँ।

कुनै मान्छे कसैको आलोचना गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेका छन्। साथीहरु धेरै छन् आत्मीयता कोहीसँग छैन। अपरिचितहरुलाई नजिकको साथी बनाउने ध्याउन्नमा आफ्नै घर परिवारका सदस्यसँग बेखबर भएको छ अहिलेको मान्छे। कसैलाई उडाउन उसको नाममा ट्रोल बनाएर पोस्ट गर्ने समय र मष्तिस्क अरु कुनै उत्पादनशील र रचनात्मक काममा लगाउने हो भने व्यक्तिको लागि कति लाभदायक हुने थियो। कतिपयले त आजको स्टाटस के लेख्ने त्यसकै विषयवस्तु नपाएको गुनासो लेख्छन्। एउटा फेसबुकमा लेख्ने स्टाटसको लागि त मान्छेको दिमाग यति सुस्त चल्छ भने कुनै समस्याको समाधान वा कामको निर्णय गर्दा दिमागले कसरी काम गर्दो हो आश्चर्य लाग्छ।

एक दुई घण्टा नेटले काम नगर्दा कुनै रोजगार नभएको मान्छे आधा बौलाइसक्छ जो फेसबुकमा झुण्डिरहने बानी परेको छ। घरमा लोग्ने बिरामी भएकोमा भन्दा नेटमा खराबी भएकोमा श्रीमती दुखी हुन्छिन् अहिले। आफ्नी श्रीमतिको भन्दा केयर आफ्नो आइफोनको गर्छन अहिलेका लोग्नेमान्छेहरु। सडकमा मान्छे अघि पछि एक्लै छ तर सबै फेसबुकमा कुरा गर्दै हिडछन् अहिलेका मान्छेहरु। फेसबुकले जति टाढा टाढाको मान्छेलाई नजिक ल्याइदिएको छ त्यति नजिकका मान्छेलाई नचिन्ने बनाइदिएको पनि छ। कहिलै नदेखेका नभेटेका मान्छे क्लोज फ्रेन्डको लिस्टमा हुन्छन् घरका बा आमा दाजु भाइ दिदीबहिनीलाई सम्झन औँसी या कुनै दशैतिहार आउनुपर्छ।

नांगा तस्बीरहरु प्राइभेट म्यासेजमा आदान प्रदान गरेर रमाइरहेका छन् कोही। कोही चिनजानबिनाका मान्छेका प्रोफाइल पिक्चर हेरेर प्रेमिल संसार बनाइरहेका छन्। रमाइरहेका छन्। म्यासेन्जरमै चुम्बन साटिरहेका छन्, भर्चुअल सेक्सबाट पनि आनन्द लिइरहेका छन्।

सोच्नुपर्ने कुरा यो हो की हाम्रा प्रत्येक संवाद, कसैसँग नांगिएको शरीर कुनै पनि गोप्य छैनन्। जुनसुकै बेला आफ्नो विश्वासको पात्र या कुनै ह्याकरको हातमा ती सबै कुरा पर्न सक्छन्। वा कसैले हाम्रो नामबाट कुनै त्यस्तो अश्लिल सामग्री पोस्ट गरिदन सक्छ। अनुहार हाम्रो र शरीर अर्कैको जोडेर हामीलाई नांगो बनाइदिन सक्छ। एउटा बाबुले आफ्नी किशोरी छोरीको नांगो तसबीर फेसबुकमा देख्यो भने उसलाई बाँच्ने शक्ति केले दिन्छ रु त्यो किसोरी कसरी बाँच्न सक्छे रु

त्यो काण्डमा मुछिएका जो कोही मान्छे तपाईँ हामी पनि हुन सक्छौँ हाम्रो शीर कसरी ठाडो हुन सक्छ रु केही नभएपनि केही समय त हामीलाई मानसिक आघात पुर्याउछ नै। के थाहा त्यो आघात जिन्दगीभर निको नहुने रोग पनि त हुन सक्छ।

अब फेसुकमा धेरै समय बिताउने या फेसबुकको लत बसेको मान्छेहरु त्यो रोगको सामना गर्न तयार हुनुपर्छ। किन कि हामी सामाजिक संजालको प्रयोग न सही तरिकले गरिराखेका छौँ न त सही कामको लागि।

सम्बन्धित समाचार