राशीअनुसार थाहा पाउनुहोस् आफ्ना कमजोरी !

ज्योतिषशास्त्र अनुसार हरेक मानिसमा रामा्र र कमजोर पक्षहरु हुन्छन् । कतिपय कुराहरुको बिषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गईरहेका हुन सक्छौ । त्यसैले पनि हामीले समयमै आफ्नो कमजोरी बुझेर अगाडी बढ्न सक्ने हो भने सफल व्यक्ति बन्न सकिन्छ । आउनुहोस् आज हामीले तपाईलाई राशि अनुसार बिशेष जानकारी दिन गईरहेका छौं ।

मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरुसंग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप सफलताको बाटोमा जान यो राशिका मानिसलाई गाह्रो हुन्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रीस नियन्त्रण गर्नुपर्छ ।

वृष राशि भएका मानिसहरू अट्टेरी स्वभावका हुन्छन् । आफ्नै मनोमानी प्रकृतिको कारण अन्य मानिसहरु उनीहरु संग चाँडै रिसाउँछ । उनीहरूको स्वभावले पनि उनीहरूलाई अगाडि बढ्नबाट रोक्छ, त्यसैले वृष राशि भएकाहरुले आफैलाई आफ्नो हठी, जिद्धि स्वभावबाट टाढा राख्नुपर्छ ।

मिथुन राशिका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरुको विवेकमा काम गर्दा प्राय नोक्सान भोग्नुपर्ने हुन्छ र धेरै राम्रा अवसरहरू उनीहरूको हातबाट बाहिर खेर जान्छन् । मिथुन राशिका व्यक्तिहरूले अरूलाई विश्वास गर्नु अघि सोचेर निर्णय लिनु पर्दछ ।

कर्कट राशि भएका मानिसहरु धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरुले पछि पश्चाताप मान्नुपर्दछ ।

सिंह राशि भएका मानिसहरु आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरु धेरै समय खर्च गरेर भए पनि आफ्नो काम सम्पन्न गर्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरुलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठूलो कमजोरीनै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि भएका मानिसहरु स्वभावैले अहंकारी हुन्छन् । त्यसैले अरूलाई उनीहरु आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरुको प्रगतिमा तगारो बनिदिन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहंकार र अरूलाई तुच्छ ठान्ने प्रकृतिबाट टाढा बस्नु पर्छ।

तुला राशि भएका व्यक्तिहरू अरूलाई आवश्यकता भन्दा बढी सहयोग गर्ने बारे सोच्दछन्, मानिसहरूले यसै कमजोरीको फाइदा लिन्छन । यिनीहरु उदार प्रकृति स्वभाव देखेर मानिसहरुले यिनीहरुलाई धोका पनि दिन सक्छन् ।

वृश्चिक राशि भएका मानिसहरु हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरुको सबैभन्दा ठूलो कमजोरी हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताले साथ दिदैन । वृश्चिक राशि भएकाहरुले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्न सक्नुपर्दछ ।

धनु राशि भएका मानिसहरु धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरु साधारण भएपनि ठूला ठूला कुरा गरेर अरुलाई सानो बनाउन खोज्छन् । उनीहरूको यहि बानीको कारण जीवनको प्रगतिको बाटो बन्द हुन सक्छ । यस्ता मानिसहरुले सकेसम्म कम बोल्ने महत्वपूर्ण बिषयमा बोल्दा सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशिका मानिसहरुलाई लाग्दछ कि ममा कुनै कुराको कमि छैन । जसको कारणले उनीहरु नयाँ कुरा जान्नेर सिक्ने कोसिस गर्दैनन् । यही बानीले उनिहरुलाई सफलताको बाटोमा लैजादैन । उनीहरूलाई लाग्दछ कि मलाई धेरै ज्ञान छ, अरु भन्दा बढी जान्नेरबुझ्ने छु । यही कमजोरीका कारण मकर राशि भएका मानिसहरुलाई सफल बन्नबाट रोक्छ । यो राशि भएकाहरुले अहमता त्यागेर, अरुको कुरा सुन्ने गर्नु पर्दछ ।

कुम्भ राशि भएका मानिसहरु आफ्नो कुरामा अडिग रहन्छन् र उनीहरु अरुको अगाडी झुक्न तयार हुँदैनन् । तिनीहरूको यही बानीको कारण उनीहरु असफल बाटोमा जान सक्छन् । यो राशिका मानिसले अरुको कुरा सुन्ने र उनीहरुको अगाडी सानोजस्तो बन्न सक्ने हुनुपर्दछ ।

मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी छ । जीवनमा केहि गरौँ भन्ने हौशालाको कमि हुने हुँदा यिनीहरुलाई बिभिन्न चुनौतीहरु आई लाग्न सक्छन् ।
ज्योतिषशास्त्रले जे जस्तो भनेपनि आ–आफ्नो कर्ममा विश्वास गरी निरनतर मेहेनत गरौँ सोचेको अवश्य पुरा हुनेछ् ।

सम्बन्धित समाचार