स्काभेटरमा ब’म भेटिएपछि…

प्राकृतिक स्रोत साधन दोहन गरेको गरेको आ’रोपमा नेत्र विक्रम चन्द समूहको जिल्ला जनपरिषद् पाल्पाले चुनढुंगा खानीको एक स्काभेटरमा ब’म राखेको छ ।

रैनादेवी गाउँपालिका–१, सिद्देश्वरमा रहेको सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीको माथिल्ला भागको एउटा स्काभेटरमा ख’तरा लेखेर टाँसेको देखिएपछि खानी उत्खनन रोकिएको वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।

ख’तरा लेखिएको स्थानमा फालिएको पर्चामा स्थानीय जनता र व्यवसायीको भावना विपरित काम गरेको, जनसत्तामा दर्ता नगरी खानी संचालन गरेको र प्राकृतिक स्रोत र साधनको दोहन गरेको उल्लेख छ ।

चुनढुंगा खानीस्थलमा प्रहरी र नेपाली सेना पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली तानसेनबाट त्यसतर्फ गइरहेको प्रहरीले जनाएको छ । सिद्देश्वर तानसेनबाट ४५ किलोमिटर पश्चिममा पर्छ ।

सम्बन्धित समाचार