कलियुगको चर्तिकलाः छोराका लागि ल्याईएकी बुहारी आफ्नै बाबुले श्रीमती बनाइदिएपछि…

के हुन्छ होला जब छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन । सुन्दा पनि कस्तो अनौंठो लाग्यो होला तपाईलाई तर अनौंठो नमान्नुहोस् यो घटना हाम्रो समाजमा भइसकेको छ ।

अरुमा पनि होईन हाम्रो हिन्दु समाजमा यसको प्रयोग भएको छ ।

यो घटना नेपालमा भने भएको होईन नेपालको छिमेकी देश भारतको बिहार राज्यमा यस्तो अनौंठो कार्य गरेको पाइएको छ ।

जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराईन । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहान्थे ।

यो बिचमा यो कुरा केटीपक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पुर्ण रुपमा इनकार गरे तर केटापक्ष भने एकदमैं खुःशी थियो ।

यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृत्यु पछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् ।

उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अन्धो हुन्छ सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अन्धो नैं भएर आयो ।

केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अदालत गएर विवाह गर्ने निर्णय गरे उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए ।

तर बिच बाटोमा आउँदा नैं समस्या उच्च विन्दुमा पुग्यो बाटोमा आउँदा पत्ता लाग्यो कि केटाको त विवाह गर्नलाई उमेर पुगेको छैन रहेछ ।

विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका रहेछन् । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं गर्न पाइन्छ ।

यो भए पछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर उनीहरुको प्रेम यत्तिसम्म गहिरो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो ।

विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने डर भयो त्यसैंले उनीहरुले अनौठो जुक्ति निकाले । उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं ।

त्यसैं मुताबिक विवाह पनि भयो तर केटीपक्षले केटाको परिवारलाई छोरी अपहरणको मुद्धा होलेपछि यो सबै कुराहरु बाहिर आयो । अर्को मुद्धा बन्यो । –एजेन्सीको सहयोगमा

यो पनि,

मोबाइल किन्दा एक किलो प्याज सित्तैमा

भान्छामा अत्यावश्यक प्याज महँगो हुन थालेपछि कतिपयले यसलाई खानै छाडेका छन्। भारतमा प्याज हाहाकार भएपछि नै नेपालमा पनि मूल्य बढेको हो ।

भारतमा पनि प्याज निकै महँगो छ । प्याज महँगो हुन थालेपछि व्यापारीहरुले विभिन्न प्रकारका ‘अफर’ ल्याउन थालेका छन्।

यसै क्रममा भारतको तामिलनाडु राज्यको एक मोबाइल व्यापारीले आफ्नो पसलमा मोबाइल खरिद गरेमा एक केजी प्यास सित्तैंमा दिन थालेका छन्।

तामिलनाडु राज्यका दरअसल, पट्टुकोट्टईमा एसटिआर मोबाइल पसल सञ्चालन गरिरहेका शनस्ले भने, ‘जसले मेरो पसलबाट स्मार्ट फोन खरिद गर्छ, उसलाई एक केजी प्याज उपहार दिन थालेको छु।’

ग्राहकलाई फाइदा होस् भनेर आफूले यस्तो अफर ल्याएको उनले बताएका छन्। अहिले भारतका कतिपय राज्यमा प्याज प्रतिकेजी भारु १५० मा बिक्री भइरहेको छ।

भारत विश्वमा धेरै प्याज उत्पादन हुने मुलुकमा दोस्रो नम्बरमा छ । महराष्ट्र, कर्णाटक र मध्यप्रदेश अत्यधिक प्याज उत्पादन हुने राज्य हुन्।

भारतले सन् २०१५–२०१६ मा १२ लाख मेट्रिक टन प्याज निर्यात गरेको थियो। तर पछिल्ला वर्षमा भने भारतमा प्याज उत्पादनमा मन्दी आएको छ।

भारतले उक्त वर्ष १ करोड ३३ लखा ७२ हजार मेट्रिक टन प्याज उत्पादन गरेको थियो। धेरै प्याज उत्पादन गर्ने पहिलो सूचीमा चीन छ ।

चीनले वार्षिक २ करोड टन उत्पादन गर्छ। यसपछि अमेरिकाले वार्षिक ३३ लाख टन, इजिप्टले २२ लाख, इरान १९ लाख र टर्की १९ लाख टन प्याज उत्पादन गर्छ।

बढी प्याज उत्पादन गर्ने अन्य मुलुकमा पाकिस्तान १७ लाख, ब्राजिल १५ लाख, रुस १५ लाख, कोरिया १४ लाख छन्। –एजेन्सी

सम्बन्धित समाचार