को हुन् पृथ्वीनारायण शाह ? (संक्षिप्त जीवनी पढ्नुहोस्)

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते १७७९ विक्रम संवत्मा भएको हो । विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । ‘विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्ने इसाईहरुलाई धपाएकाले बाबुराम भट्टराई समेत इसाई भएकाले त्यही डाहाले उनले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राखेर २०६३ सालपछि हामी नेपालीहरुले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस हटाउन गिरिजाप्रसाद र उनका गृहमंत्री कृष्ण सिटौलालाई दबाब दिएर हटाएका थिए ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरुलाई एक नेपाली जातिमा परिणत गराएका थिए ।

नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझो सरकारी भाषाको रुपमा स्वतः रुपान्तर भयो ।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठीत गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राती राती भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाएको थियो ।

कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे ।

राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए ।

कतिपय लेखकहरु भन्छन्– पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तार गरेको थियो । तर त्यो गोर्खा राज्यको बिस्तार नभएर हिवतखण्डका क्षेत्रका स–साना हिन्दुराज्यकहरुको एकीकरण नैं थियो ।

गोर्खा, लम्जुङ्ग, तनहु, कास्की, पाल्पा, बाइसी, चौबीसी, मकवानपुर, काठमाण्डौं ललीतपुर भक्तपुर आदि सबै हिन्दुराज्यहरुको अवस्था अत्यन्त नाजुक भएको र अंग्रेजले यसक्षेत्रमा आँखा गाडेर आक्रमण गनै अवस्था थियो ।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नैं थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चित्तित थिए ।

उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरुलाई आक्रमण गर्ने, मार्ने, मंदिर भत्काउने, धम्क्याउने अनेकौ अत्याचार फिरङ्गीहरुको देखेर हिवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जातृत गराएको थियो ।

नेपालको एकीकरण गर्ने उदेश्यबाट नैं प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोर्खामा ल्याएका थिए ।

त्यस्ता पुगपूरुषको तेजोवध गर्ने गद्दारहरुको लहैमा लागेर हामी नेपालीहरुले आफ्रनो राष्ट्रका धरोहर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरेर आफ्नो अस्तित्व मेटाउने काम नगारैं ।

अतः राष्ट्रिय एकता दिवसको उपलक्षमा हामी नेपालीहरु पौष २७ गते आ(आफ्ना क्षेत्रबाट युगपुरुष पृथ्वीनारायणण शाहको सम्मानसाथ श्रद्धाञ्जलि अर्पण गरौं ।

सम्बन्धित समाचार