हाइट नबढेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

मानिसको व्यक्तिँवमा निखार ल्याउन उचाइको प्रमुख भूमिका हुन्छ । जो मानिसको उचाइ कम छ, उसले जिन्दगीभर आफूलाई हीनता महसुस गरिरहेको हुन्छ । जसका कारण उसमा आत्मविश्वासको कमी देखिने गर्छ ।
उचाइ कम हुनुको विभिन्न कारण हुन सक्छ । जसमा महत्वपूर्ण भूमिका वंशानुगत कारण पनि हुन्छ । तर, पनि तपाई आफ्नो उचाइ अलि बढोस् भन्ने चाहनु हुन्छ भने व्यायाम गर्नु निकै लाभदायक हुन्छ । यदि तपाईले दैनिक रूपमा व्यायाम गर्नुभयो भने निश्चित रूपमा उचाइ बढाउन यो सहायक हुन्छ ।

झुन्डिनु या बास्केटबल खेल्नु
दैनिक कसरत गर्दा तपाई केहीमा झुन्डिनु भयो भने वा बास्केट बल खेल्नुभयो भने उचाइ बढाउन निकै सहयोगी हुनेछ । यसका लागि जमिनमा सात फिट एउटा खम्बा गाड्नुहोस् र जति सक्नु हुन्छ त्यति झुन्डेर बस्नुहोस् । यसबाट तपाईको मेरुदण्डको हड्डी लचक हुन्छ र उचाइ बढ्छ । तपाई दैनिक बास्केट बल खेल्नु हुन्छ भने त्यसले तपाईको हड्डीमा दबाब पर्छ र यसले उचाइ बढाउन सहयोग पु¥याउँछ । बास्केट बल खेलाडी निकै अग्ला अग्ला हुनुको प्रमुख कारण पनि यही हो ।

ताडासन
ताडासन योगाले उचाइ बढाउन निकै सहयोग गर्छ । सुरुमा जमिनमा कम्बल ओछ्याएर सिधा बस्नुहोस् । दुवै खुट्टा मिलाएर र दुवै हत्केला छेउमा राखेर र दुवै खुट्टामा शरीरको वजन राख्नुहोस् । त्यसपछि दुवै हत्केलाको औंला मिलाएर टाउकोमाथि लैजानुहोस् । हत्केला सिधा राखेर सास तान्दै हातलाई माथि खिच्नुहोस् । जसले गर्दा तपाईको काँध र छातीमा सन्तुलन आउँछ । त्यसपछि खुट्टा र नितम्बको तल्लो भाग माथि उठाउनुहोस् र खुट्टाको औंलाले शरीरलाई सन्तुलनमा राख्नुहोस् । यो क्रिया दिनको करिब १०–१२ चोटि गर्नुहोस् ।

भुजंगासन
यो आसन फना उठाएको सर्पको जस्तै हो । भुजंगासन सूर्यनमस्कार र पद्यसाधनाको एक महत्वपूर्ण आसन हो । यसले छाती र कम्मरको मांसपेशीलाई लचिलो बनाउँछ । कम्मरमा देखिएका जस्तोसुकै दुखाई कम गर्छ । मेरदण्डसम्बन्धी रोगीका लागि भुजंगासन निधै लाभदायक हुन्छ ।

जमिनमा पेटलाई टेकाउनुहोस् । खुट्टाको तल्लो भागलाई सिधा राख्नुहोस् । दुवै हात दुवै काँधको बराबर तल राख्नुहोस् । लामो सास तान्दै खुट्टा, छाती र पेटलाई बिस्तारै उठाउनुहोस् । नाइटोलाई जमिनमै राख्नुहोस् । शरीरलाई माथि उठाउँदै दुवै हातको सहारामा कम्मरलाई पछाडिपट्टि खिच्नुहोस् । ध्यानपूर्वक सास तान्दै ढाडलाई बिस्तारै विस्तारै मोडेर दुवै हात सिधा गर्नुहोस् । गर्धन उठाएर माथितिर हेर्नुहोस् । आफ्नो क्षमताअनुसार शरीरलाई तान्नुहोस् । धेरै मोड्दा र तान्दा हानि पुग्छ । यो आसनमा बसिसकेपछि सास छोड्दै पेट, छाती र टाउकोलाई विस्तारै जमिनमा राख्नुपर्छ ।

शीर्षासन
दुवै घुँडा टेकाएर कुहिना पनि जमिनमा टेकाउनुहोस् । हातको औंला आपसमा मिलाएर ग्रिप बनाउनुहोस् । त्यसपछि ग्रिप बनेको ठाउँमा टाउको राख्नुहोस् । यसबाट टाउकोलाई सहारा मिल्छ । त्यसपछि घुँडालाई जमिनभन्दा माथि उठाएर खुट्टालाई तन्काउनुहोस् । विस्तारै खुट्टाको पैतालाको सहारामा खुट्टालाई टाउको नजिक ल्याउनुहोस् । फेरि खुट्टालाई घुँडाको सहारामा मोडेर अलिकति माथि उठाएर सिधा बनाउनुहोस् । यसले शरीरको सम्पूर्ण भारको आफूमाथि निर्भर गर्छ । केही समय यही अवस्थामा रहेपछि पुनः पहिलेकै आसनमा फर्किन दुवै खुट्टा घुँडाबाट मोडेर विस्तारै पेटतर्फ लगेर खुट्टालाई भुइँमा राख्नुहोस् । फेरि टाउकोलाई जमिनमा टेकाएर केही समय त्यही स्थितिमा बसेर टाउकोलाई उठाउनुहोस् र बज्रासनमा बसेर पूर्ववत् अवस्थामा फर्किनुहोस् ।

पश्चिमोत्सान
यो आसन गर्दा धेरै स्वास्थ्य समस्याको समाधान गर्छ । यसबाट शरीर लचिलो हुन जान्छ । यो आसन गर्नुअघि सुरुमा दुवै खुट्टा फैलाएर सिधा बस्नुहोस् । दुवै खुट्टा जोडेर राख्नुहोस् । दुवै हात माथि उठाउनुहोस् र कम्मरको ठीक तल सिधा राख्नुहोस् । फेरि झुक्दै हातले खुट्टाको औंला समात्ने प्रयास गर्नुहोस् । यो ध्यानमा राख्नुहोस् कि यो मुद्रामा रहँदा घुँडा नमोड्नुहोस् ताकि तपाईको खुट्टा जमिनमाथि नउठोस् ।

यी सबै व्यायाम दिनहुँ गर्दा तपाईको उचाइ बढाउन निकै सहयोग पुग्छ । उल्लिखित व्यायाम गर्दा मांसपेशीमा दबाब बढेर तानिने भएकाले मानिसको उचाइ बढाउन मद्दत पुग्नेछ ।

सम्बन्धित समाचार