घट्यो प्याजको मूल्य

केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।

भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। आजको मूल्य सूचीअनुसार औसतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ।

थोक बजारमा चिनियाँ प्याजको औसत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्यांकले देखाउँछ।

सम्बन्धित समाचार

Online Marg Nepali News
बुधबार सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ ।