सुनको मूल्य अहिलेसम्मकै बढी

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै सबै भन्दा बढी भएको छ । सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार लागि छापावँल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोेकेको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।

आइतबारको तुलनमा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।

अमेरिका र इरानबीच बढ्दो तनावपछि शुक्रबारदेखि विश्व बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ ।

सम्बन्धित समाचार

Online Marg Nepali News
बुधबार सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ ।