चिनिया राष्ट्रपतिको नेपाल भ्रमणः सावधान र सचेत हुनुपर्ने आवश्यकता !

केही समय अघि सम्पन्न भएको चिनिया बिदेश मन्त्रीको नेपाल भ्रमण,उनी चिन पुगे पछि त्यहाँको बिदेश मन्त्रालयले निकालेको वक्तव्य अनि त्यसले सिर्जना गरेको अमेरिकि दूतावासको व्यर्थको चासो,सत्तासीन नेकपा र चिकपा दुई पार्टी बीचको औपचारिक सम्बन्ध बिस्तार र चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण बारे चर्चा हुन थालेका छन।

हामी पृथ्वीनारायण शाहले भने जस्तै नै दुई ढुंगा बीचको तरुल नियतिमा छौं त हाम्रा केही विशेष जिम्मेवारी सधैं रहीरहन्छन।भारत संगको विदेश नीति अन्य धेरै खालका सामाजिकरसांस्कृतिक अवयवहरुले प्रभावित नभइरहन पनि सक्दैनन।हामी धार्मिक कार्य गर्दाको संकल्प वाक्य पढ्दा नै“भारत वर्षे नेपाल खण्डे“ जो भन्दछौं।तथापी भारत सधैं ठूल्दाइको भूमिकामा रहने,साना भन्दा आन्तरिक मामिलामा चासो लिइ सबै आफू भन्दा कमजोर छिमेकीहरुलाई हेप्ने गर्दछ।यस्तै गतिविधिका कारण उसको समेत आंकलन गरिए जत्तिको प्रगती हुनसकेको छैन।९० को दशकका उसकै प्रधानमन्त्री इन्दरकुमार गुजरालले गरेको भविष्यवाणी हाल सम्म मिल्दै आएको छ।हाम्रो उत्तरको छिमेकी चिन भने यसको विपरीत कहिल्यै पनि हाम्रो लागि समस्याको नरहेको तथ्य पनि सांचो हो।फाइदा लिन नसक्नु त हाम्रो नेतृत्व वर्गको असक्षमता हो!लाचारी हो!

चिन पनि हामी संग सांस्कृतिक रुपमा ठ्याम्मै नजोडिएको भने होइन।काठमाडौ उपत्यकाबाट पानी बाहिर पठाउने अनि यसलाई मानववस्ती योग्य बनाउने व्यक्ती नै चिनबाट आएका मन्जुश्री हुन।हाम्रा धार्मिक कथाले यसै भन्छन।कैयौं चिनियाँ भिक्षु र राजनितीक प्रतिनिधि मण्डल नेपालकै बाटो भएर भारत जाने आउने गरेका छन।हाम्रा इतिहासका पुस्तकहरुले यी कुरा प्रस्ट पार्छन।अझै तेर्‍हौं शताब्दीका अरनिकोले त कुब्लां खां जस्ता प्रभावशाली चिनियाँ शासकलाई समेत आफ्नो प्रभावमा पार्न सफल भएका छन।१९४९ पछिको कम्युनिस्ट चिन संग समेत हाम्रो कहिल्यै असहज सम्बन्ध भएन।कहिल्यै हामीले अन्यायमा परेको महशुश गर्नु परेन।यद्यपि विश्व रंगमञ्चमा सधैं प्रभावशाली र शक्तिशाली रहेको चिनबाट फाइदा लिन सधैं चुक्यौं हामी!

हाम्रै कमजोरी जिम्मेवार रह्यो।राजा महेन्द्र अरनिको राजमार्ग निर्माण पछि थामिए।वर्तमान प्रधानमन्त्री आफू पहिलो चोटि प्रधानमन्त्री हुंदा भारतले थोपरेको नाकाबन्दीका कारणबाट चिन संग नजिकिन वाध्य भएका हुन जस्तो पो देखियो जबकी चिन संग सो समयमा भएका समुन्द्र सम्मको पहुंच लगायतका सम्झौता भूपरिवेष्ठित राष्ट्रका अन्तर्रा्ष्ट्रिय अधिकार नै हुन।दोस्रो पटक दुई तिहाइ बहुमत सहित बलियो प्रधानमन्त्री भए पछि उनीबाट जे जति अपेक्षा गरिएको थियोस्(त्यो नहोला कि भन्ने आशंका बढेको छ।वर्तमान चिनियाँ राष्ट्रपति सी चिन फिङबाट अघि सारिएको बेल्ट एन्ड रोड इनिसियटिभ्स नितान्त व्यापारीक साझेदारी कार्यक्रम हो भनेर त स्वयम् विरोधी अमेरिकाका बिज्ञजन,उसैको सैन्य संगठन नेटोका प्रतिनिधि र अन्य कैयौ अन्तर्रा्ष्ट्रिय संघ संस्था भनिराखेका छन नी!यस्तो थितिमा हामी किन आत्तिनु परेको छ र?फटाफट आफ्नो राष्ट्रिय स्वार्थ अनुसार विकास सम्झौताहरु गर्नुपर्दछ।प्रमुख प्रतिपक्ष कांग्रेसले पनि यदि सांच्चै राष्ट्रिय समृद्धी चाहने हो भने यसमा विरोध गर्नुभएन।राष्ट्रपती सीको आसन्न भ्रमण सफल पार्न सबै राजनीतिक दल,प्रबुद्ध वर्ग र आम सर्वसाधारण लाग्नु र बहुत खट्नुको विकल्प छैनस्(चेतना भया!

चिनले हामी संग अपेक्षा गर्ने एउटै कुरा एक चिन नीति प्रतिको हाम्रो प्रतिबद्धता नै हो।छिमेकी भारत सिर्फ पाकिस्तान र चिन सहकार्यको कारणबाट बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नआएको हो।फेरि यी दुई शक्तिराष्ट्र सांघाइ कोअपरेसनमा त संगै छंदैछन।सिर्फ अपिÞm्रका र एशियामा हतियार बेचेर मात्रै विश्वमन्चमा टिकिराखेका नेटो सैन्य संगठनका युरोपेली राष्ट्र र विश्वको एकल दादा अमेरिका माथी चिनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स ठूलो संकटको रुपमा आउदैछ।आफू संग संगै आफ्ना छिमेकीलाई पनि सुखी र सम्पन्न बनाउने यस्तो परियोजना न भूतो न भविष्यती सावित हुनेवाला छ।कोही पनि भ्रममा नरहे हुन्छस्(चिनको सो परियोजना शोभियत संघको जस्तो बांड्ने मात्र अनि आफू टाट पल्टने खालको बिना सुझ बुझको,इतिहासबाट नसिकिएको कार्यक्रम हुँदै होइन।आफू लगानीकर्ता भएकोले प्रतिफल त चिनले खोज्छ नै तर समान चासो र दिशानिर्धारण निर्माण गर्न नसकिने भने हुदैहोइन। राष्ट्रपती सीलाई स्वागत गर्न र सुरक्षाको यथोचित प्रबन्ध मिलाउन बहुत राम्रो तयारी गर सरकार!अनि आफूले प्रस्ताव गर्न चाहेका सबै विकास आयोजनाहरुको प्राथमिकता क्रम समेत आजै निर्धारण गर!

केही समय अघि सत्तासीन नेकपा र चिकपा बीच भएको विचार गोष्ठी बारे निकै धेरै भ्रम छर्ने काम गर्‍यो प्रमुख प्रतिपक्षले!यसका नेता,कार्यकर्ता,शुभेच्छुक र केही समर्थक समेत कोकोहोलोमा संलग्न भए।हो न हो चिनले नेपालमा समेत एक दलीय व्यवस्था ल्याइदिन आंट्यो भने जस्तो रोइलो निकाले।हाल हङकङमा भइराखेको अस्थिरता बारे सुझ न बुझ कराए।त्यसमा निहित बेलायत र युरोपेली राष्ट्रहरुको व्यापारिक स्वार्थ बुझ्न असमर्थ ती रहे।हङकङमै बसेर विगत ३० वर्षदेखि व्यापारमा संलग्न केही नेपाली नागरिकहरुले आन्दोलनकारी भनिएका जत्थाहरुको आत्महन्ता प्रवृती बारे मुख खोले पछि ती साम्य भए।जबकी चिनले पटक पटक भनिराखेको छ: सी विचारधाराले अर्को राष्ट्रको मूल शासन प्रणाली बारे कुनै प्रतिक्रिया दिने होइन।यो कुनै कम्युनिज्म प्रचाररप्रसार होइन।राष्ट्रपती सीले खोजेको र दिशानिर्देश गरेको माओकालीन गरीब चिन होइनस्(१५र१६ औं शताब्दीको गौरवशाली चिन हो।सो समय विश्वको कूल गार्हस्थ उत्पादनमा भारत र चिनको ठूलो हिस्सा रहेको ज्ञात हुन्छ।पछि ती दुबै देशलाई र तीनको एक आपसी व्यापारलाई समेत बेलायती साम्राज्यवादले निलेको जो अवस्था रह्यो! आफ्नो आर्थिक समृद्धिका लागि नेपाल उदाउदा यी दुई शक्तिराष्ट्रको बीचमा पुल बन्नुपर्दछ।

आर्थिक सहकार्य बिना हाम्रो प्रगती असम्भव नै छ।आर्थिक कुटनीतिमा आफू खरो उत्रन नसक्ने अनि कहिले दक्षिण कहिले उत्तर धारे हात लगाउनुको कुनै तुक छैन।हामी तीन तिरबाट भारत संग घेरिएका छौं तथा एक तिरबाट चिन संगस्(यो यथार्थ हो!हामी चिन संग जोडिएको चिनको तुलनात्मक अविकसित भूगोल तिब्बत संग हो।उसकै जनताको सम्भावित विद्रोह र पछौटेपन समन गर्न चिनले तिब्बतमा ठूलो लगानी गरिराखेको छ।हामीले बहुत बुद्धि पुर्‍याउनु पर्छस्(पूर्वदेखी पश्चिम सम्मका सबै हाम्रा हिमाली जिल्लाहरुमा नाका सडक बनाउन चिनियाँ लगानी आकर्षित गर्न सकिन्छ।हामी पछि परेकै सधैं दक्षिण मात्र फर्केर हो!आफ्नो तुच्छ राजनीतिक स्वार्थबाट माथी उठ्न नसकेरै हो।हामीले चिन र भारत दुबै छिमेकी संग असल सम्बन्ध कायम गर्नुपर्छ।चिन भारत सम्बन्धमा समेत धेरै बदलाव आइसकेको छ।यो सम्बन्ध नेहरु कालीन वा इन्दिरा गान्धीकालीन हुँदै होइन अहिले।दुबै आफ्नो व्यापारीक स्वार्थ हेरेरै अघि बढिराखेका छनस्(हामी बीचमा अवस्थित सानो देशले फाइदा लिन सक्नुपर्छ।राष्ट्रपती सीलाई मनै खोलेर स्वागत गरौं!सरकारले सबै सम्भावित सन्धी सम्झौता बारे पूर्ण तयारी गरोस!अब पछि फर्कने कुरै छैन: सीधा अघि बढ्ने हो।

सुशील कुमार गौतम
चन्द्रागिरी-१३
पुरानो नैकाप,काठमाडौ

सम्बन्धित समाचार