दुई सुपरस्टार ऋतिक र टाइगरको ‘वार’ ले अलिहेसम्म कति कमायो ?

ऋतिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ । फिल्मले ओपनिङ(डेकै दिन उत्कृष्ट कमाई गरेको थियो । फिल्मले पहिलो दिन ५३.३५ करोडको कलेक्शन गर्दै सान्दार ओपनिङ गरेको थियो । अहिले आएर यो फिल्मले २०० करोडको आँकडा छुनै लागेको छ ।

‘वार’ले चार दिनमै १२८ करोडको ब्यापार गर्न सफल बनेको थियो । फिल्मको पाँचौं दिनको कलेक्शन रिपोर्ट ३६ करोड बताइएको छ । जसको कारण यो फिल्मले पाँच दिनमै १६८ करोडको ब्यापार गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यो फिल्मले चाँडै २०० करोडको ब्यापार गरेर नयाँ रेकर्ड बनाउनेछ ।

फावरफुल एक्शनले भरिपूर्ण ‘वार’को हिन्दी भर्सनले ५१.६० करोड र तमिल र तेलेगु भर्सनले १.७५ करोडको कमाई गरेको थियो । यो फिल्मले भारतमा मात्रै कुल ५३.३५ करोडको कलेक्शन गर्दै शान्दार ओपनिङ गरेको थियो । त्यसैले पहिलो दिन सबै भन्दा बढी कलेक्शन गर्ने हिन्दी फिल्म ‘वार’ बनेको छ ।

यस अगाडि सलमान खानको फिल्म ‘भारत’ले ४२.३० करोडको ब्यापार गरेको थियो । त्यस्तै मिशन मंगलले २९।१६ करोड, साहोको हिन्दी भर्सनले २४.४० करोड, कलंकले २१.४० करोडको ब्यापार गरेका थिए । भारतमा मात्रै यो फिल्मलाई ४००० स्क्रिन्समा रिलिज गरिएको छ । ओभरसिजमा १३५० वटा स्क्रिन्समा रिलिज भएको छ । हेरौं फिल्मको ट्रेलर:-

अनलाइन मार्ग टिभीका भिडियोहरु पनि हेर्नुहोस्:-

सम्बन्धित खवर