गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो चार नयाँ खाता

गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँ खाताहरुमा ग्लोबल NRN FCY मुद्दति निक्षेप खाता, ग्लोबल NRN FCY मुद्दति निक्षेप खाता, ग्लोबल NRN FCY बचत खाता र ग्लोबल NRN FCY बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने NRN FCY बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिनेछ । त्यस्तै नेपाली मुद्रामा खोलिने NRN LCY मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिनेछ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कम विशेष छुट प्रदान गरिनेछ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । एफसी वाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ ।

हाल बैंकले आफ्ना १ सय ४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ८५ शाखारहित बैंकिङ्ग सेवा, १ सय ४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर