कक्षा ११ को नतिजा प्रकाशित, हेर्ने सजिलो तरिकासहित

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७६ साल वैशाखरजेठ महिनामा सञ्चालन भएको कक्षा ११ को नियमित र आंशिक ९ग्रेड वृद्धि र अङ्काङ्कन० परीक्षार्थीहरुको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६र०६र०७ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।

१। प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्थाः

क। अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई दुवै कक्षामा प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा म्ुर प्रयोगात्मक परीक्षामा कम्तिमा ऋ ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल ९त्ःए० प्रमाणपत्र उपलब्ध गराइने छ।

कक्षा ११ र १२ उत्तीर्ण, रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७३ वा सोभन्दा कम भएका अहकाडकन पद्धतिका विद्यार्थीहरुलाई टान्सक्रिष्ट। माईग्रेसन र प्रोभिजनल ९त्ःए० प्रमाणपत्रहरू नतिजा प्रकाशित भएको मितिले १५ ९पन्ध० दिन पछि मात्र उपलब्ध गराइनेछ । रजिष्ट्रेशन नं। का शुरुका दुई अंक ६८ वा सो भन्दा बढी भएका विद्यार्थीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु ९त्ःए० राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरु ९विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, कोहलपुर, धनगढी र काठमाण्डौं० बाट उपलब्ध गराइने छ।

२। राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडरअंकमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रति विषय रु। ५००र( ९पाँच सय० का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिटरमार्कसिट वा धभदकष्तभ बाट डाउनलोड गरेको ग्रेडसिटरमार्कसिट संलग्न गरी मिति २०७६ असोज २८ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरु वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिइसक्नु पर्नेछ।

३। राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि ९स्थगित वा अनपस्थित। विषय फरक पर्ने, नाम पर, रजिष्ट्रेशन नं। फरक पर्ने आदि० देखिएमा सम्बन्धित शाखा कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिन्छ । म्याद नाघी आएका र रित नपुगेका निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको अभिलेखबाट सच्याइने छ।

सम्बन्धित खवर