कक्षा ११ को नतिजा आज सार्वजनिक हुँन्छ त ? भर्खरै आयो यस्तो खबर

कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुँदैछ । परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । गत बैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज प्रकाशित हुन लागेको हो ।

परीक्षामा आंशिक र नियमिततर्फगरी ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो।

११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

सम्बन्धित खवर