यस्तो छ महिलाले सुत्केरी भएको बेला शारीरिक सम्पर्कको आनन्द लिने रोचक तथ्य

सुत्केरी भएको समयमा यौनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा महिला र पुरुष मस्तिष्क तथा शारीरिक संरचना, क्रिया फरक हुन्छ। जसको कारण पुरुष र महिलाको व्यवहार फरक देखिनु स्वाभाविकै हो।

शिशुप्रतिको स्नेह र हार्मोनको उतारचढावका कारण सामान्यतः सुत्केरी महिलालाई आफ्नो जोडी श्रीमान् प्रतिको चासो न्यून भएको देखिन्छ। शिशुको स्याहारमा आमा तल्लीन हुनु स्वाभाविकै हो । यसको अर्थ महिलाले आफ्नो जोडीलाई कम महत्व दिएको भने हैन।

त्यसैले यस्तो अवस्थामा आफ्नी श्रीमती सुत्केरी भएको अवस्थामा श्रीमानले आफ्नो महत्व र आकर्षण कम भएको महसुस गरी वैकल्पिक जोडी खोज्ने सम्भावना अत्यधिक हुन्छ।

श्रीमती सुत्केरी भएको अवस्थामा उसले माया गरिनन् भन्ठानेर वा यौनको प्यास मेटाउनका लागि वैकल्पिक जोडीको खोजीमा भन्दा सुत्केरी र शिशुको हेरचाहमा विशेष ध्यान दिनुपर्छ।

यस्तो अवस्थामा दुवै यौन जोडी श्रीमान्–श्रीमतीले यौन व्यवस्थापन गर्न सकिन्छ। एक त पुरुषले श्रीमतीको हार्मोनको उतारचढाव र शिशुप्रतिको हेरचाहको बारेमा सोच विचार पु(याउन आवश्यक हुन्छ भने महिलाले पनि आफ्नो हार्मोनको उतारचढावका बारेमा बुझ्न जरुरी हुन्छ। स्तनपान गराउने महिलाले श्रीमान् र शिशुको व्यवस्थापनमा सचेत हुनुपर्छ। यसमा पुरुषले पनि अवश्य साथ दिनु पर्छ। आफ्नी श्रीमतीले माया गरिनन् भन्ठान्नु उचित हुन्न। स्नतपान गराउने महिलाले शिशु र श्रीमानलाई समदूरीमा राख्नु पर्छ। महिलाले पनि हार्मोनकै कारण आफ्नो श्रीमानप्रति विकर्षण भएको महसुस भए त्यस्तो अवस्थालाई सुधार गर्नुपर्छ।

सुत्केरी अवस्थामा हार्मोनको उतारचढावका कारण श्रीमतीको मनस्थिति शिशुप्रति बढी आकर्षित भई यौन जोडीप्रति विकर्षणजस्तो देखिए पनि पुरुषले यस्तो अवस्थालाई सामान्य रुपमा लिनुपर्छ। दुवैले मिलेर शिशुको उचित स्याहार सुसार गर्नुपर्छ। पुरुषले पनि सुत्केरी श्रीमतीलाई सुत्केरी भएको अवस्थामा यौनका दृष्टिले मात्र नहेरी असल श्रीमानको भूमिका निभाउन आवश्यक हुन्छ।

सुत्केरी अवस्थामा हार्मोनको उतारचढावका कारण श्रीमतीको मनस्थिति शिशुप्रति बढी आकर्षित भई यौन जोडीप्रति विकर्षणजस्तो देखिए पनि पुरुषले यस्तो अवस्थालाई सामान्य रुपमा लिनुपर्छ। दुवैले मिलेर शिशुको उचित स्याहार सुसार गर्नुपर्छ। पुरुषले पनि सुत्केरी श्रीमतीलाई सुत्केरी भएको अवस्थामा यौनका दृष्टिले मात्र नहेरी असल श्रीमानको भूमिका निभाउन आवश्यक हुन्छ।

हार्मोनको खेल
नवजात शिशु जन्मिएपछि महिलाको स्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको तह घट्छ भने प्रोल्याक्टिन र अक्सिटोसिनको तह बढ्छ। प्रोल्याक्टिन हार्मोन ९अगाडिको० पिट्युटरी ग्रन्थीबाट निष्कासन भई स्तनबाट दूध उत्पादन गर्नका लागि उत्तेजित गर्छ। यसको अर्थ महिलाको स्तनलाई प्रोल्याक्टिन हार्मोनले दूध उत्पादनका लागि उत्तेजित बनाउँछ। सुत्केरी भएको अवस्थामा प्रोल्याक्टिनको तह उच्च हुन्छ। जसले सुत्केरीको दूध उत्पादन गराउँछ। सुत्केरी भएको दुईदेखि चार हप्तासम्ममा २र३ गुणै प्रोल्याक्टिनको मात्रा कम हुन्छ। स्तनपान नगराए यसको उत्पादन कम हुन्छ। नवजात शिशुले स्तनपान गरेको खण्डमा भने यो हार्मोनको मात्रा बढ्छ। जति धेरै स्तनपान गरायो त्यति नै धेरै प्रोल्याक्टिनको मात्रा बढ्छ।

प्रोल्याक्टिनले मानसिक रुपमै मातृत्वको बानीव्यवहारमा समेत भूमिका खेल्छ। सामान्यतः स्तनपान गराउने महिला एक किसिमको मानसिक तनावले ग्रसित हुन्छिन्। जसको कारण आफ्नो नवजात शिशुलाई २४ घण्टा च्यापेर बस्ने बानी व्यवहार हुन्छ। कुनै पल पनि आमाले नवजात शिशुलाई छोड्न मन नलाग्ने हुन्छ। शिशुप्रतिको गहिरो स्नेह हुन्छ। कुनै मिनेट छोड्दा पनि शिशुको चिन्ताले सताउँछ। यस्तो अवस्थामा श्रीमानले यौन सम्पर्कका लागि चाहना गर्नु अवश्य उचित हैन।

पछाडिको पिट्युटरी ग्रन्थीबाट निष्कासन भएको ‘अक्सिटोसिन’ हार्मोनले स्तनपानको समयमा सुत्केरीको पाठेघर खुम्चन मद्दत गर्छ। यति मात्रै हैन यस किसिमको हार्मोनले स्तनपानको समयमा ‘दूध फोहोरा रिफ्लेक्स’ र कामोत्तेजना गराउन प्रमुख भूमिका खेल्छ।

स्तनपान गराउँदा आमाले आनन्द लिन भने सक्नुपर्छ। तनावमा प्रोल्याक्टिन र अक्सिटोसिनको फरक भूमिका हुन्छ। प्रोल्याक्टिनले शरीर क्रियाजन्य तनाव बढेको अवस्थामा अक्सिटोसिनले सामान्य गराउन सहयोग गर्छ। नियमित स्तनपान गराइरहेकी आमाले आफू स्वस्थ भएको आनन्द अनुभव गर्छिन्। आंशिक रुपमा स्तनपान गराइरहेकी महिलाले भने आंशिक रुपमै आफू स्वस्थ भएको अनुभव गर्छिन्। नियमित स्तनपान गराउँदा आमा र शिशु दुवैलाई फाइदा हुन्छ।

कम चिप्लो यो८नि
अध्ययनअनुसार सामान्यतः स्तनपान गराइरहेकी महिलाले यौ८८नजन्य भावना र विचारले ओतप्रोत भए पनि योनिजन्य चिप्लो पदार्थ कम निष्कासन हुन्छ। अर्को एक महत्वपूर्ण हिस्सा के छ भने, ‘स्तनपानको समयमा सुत्केरी महिलाको यो निजन्य चिप्लो र चिल्लो पदार्थ कम निस्काषन हुन्छ।’ जसका कारण सुत्केरीको समयमा शारीरिक सम्पर्क गर्दा महिलामा दुखाइ साथै पीडा हुन्छ।

स्तनपानको समयमा आमाहरु उत्तेजित हुन्छन् भन्ने विषय कमै छलफल हुन्छन्। शारीरिक सम्पर्क गर्दा शारीरिकभन्दा मानसिक रुपले बढी निर्देशित भएका हुन्छन्।

उत्तेजना
कतिपय अन्वेषकले त आमाले खुट्टा खुम्च्याएर कुरकुच्चाले यो निमा छोएर स्तनपान गराउँदा यो निमा नरम किसिमले घर्षण हुने भएकाले यस्तो अवस्थामा आमा यौ न उत्तेजनामा आउन पुग्छन् समेत भनेको पाइन्छ। जसको परिणामस्वरुप ‘लाबिया’ सहायक एक अर्कोले यो निको क्लिटोरिसलाई उत्तेजित गराउँछ। यसरी उत्तेजित हुँदा अक्सिटोसिन निष्कासन भई पाठेघर खुम्चन्छ र क्लिटोरिसजन्य उत्तेजना भई आमा कामोत्तेजनामा पुग्छिन्।

आमाले शिशुलाई स्तनपान गराउँदा आमाको जनेन्द्रिय उत्ते जित भएर दूधको मुन्टो ठडिन्छ। तर आमाले स्तनपानको समयमा यौ न आनन्द लिन्छन् नै भन्ने छैन। यस्तो अवस्थामा पारिवारिक व्यवस्थापन हुनै प(यो। शिशुको स्याहार त छुट्नै भएन। श्रीमानले पनि यस्तो अवस्थामा यौनका पछि नलागी श्रीमतीलाई उचित खानपान र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि सहयोग गर्नुपर्छ भने शिशुको वृद्धिविकासका लागि त गर्नै प(यो। यस्तो कुरा सुत्केरी महिलाले पनि ध्यान दिन आवश्यक छ।

सम्बन्धित खवर