बलिवडमा सोनिकाको ईन्ट्री, विश्वचर्चित कमेडियन कपिल शर्माले किन बोलाए ?

चर्चित भिजे तथा मोडल सोनिका रोकायाले बलिवडमा कमेडी किङ नामले चिनिने कपिल शर्मासँगको तस्वीर सार्वजनिक गरेकी छन् । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा स्टाटससँगै सोनिकाले कपिल शर्मासँग कुराकानी गर्दै गरेको र मुस्कुराईरहेको तस्वीर पोष्ट गरेकी छन् ।

यस्तै सोनिकाले आफूलाई निम्ता गरेकोमा कपिल शर्मालाई फेसबुकमार्फत धन्यवाद पनि दिएकी छन् । उनले कपिल शर्मासँगको अन्तरवार्ताका लागि द सोनिका सो युट्युब च्यानलमा प्रतिक्षा गर्न आफ्ना दर्शकलाई भनेकी छन् ।

स्मरण रहोस्, यसअघि पनि सोनिकालाई वलिवडका विश्वचर्चित टिभी सो हरुबाट अफर आईसकेका छन् ।

सम्बन्धित खवर