छविलाई कारवाहीको माग गर्दै मेरि बास्सैकी भुनिया मैदानमै उत्रिएपछि…(हेर्नुहोस् भिडियो)

पछिल्लो समय नेपाली चलचित्र जगतमा एकछत्र राज गर्दै आएका नेपाली चलचित्र छेत्रका बाघ निर्माता भनेर पनि चिनिने छबिराज ओझा र उनकी चौथो पत्नी शिल्पा पोखरेलको घर झगडाले बजार तातिएको छ ।

चौतर्फी उनिहरुकै चर्चा परिचर्चा र आलोचना बढ्दै गएको छ । नायिका शिल्पा र छबीले बिबाह गरेको धेरै समय बितिसकेपछी अहिले छ महिना अगाडी मात्र मिडियामा साथै कानुनी रुपमा बाहिर आएका थिए ।

सबैमाझ बिबाहको कुरा थाहा भएको धेरै समय नबित्दै उनिहरु एक अर्का सङ बस्न नसक्ने कुरा एक्कासी शिल्पाले रुदै मिडिया आएपछी अनि सम्बन्ध बिच्छेदको फाइल अदालतमा दर्ता गरेपछी मात्र थाहा भएको थियो सबैलाई । एक अन्तरबार्तामा उनले भनेकी थिइन कि जहिल्यै शारीरिक तथा मानसिक तनाब दिन्थे छबिले ।

जो सङ बोले पनि सधै शंका गर्ने, पिट्ने घाटिमा थिच्नेसम्म कुराहरु आफुले यतिका बर्ष सहदै आएको र अन्त्यमा सहन नसक्ने स्थिति आएपछी मात्र आफु मिडियामा बोल्न र बाहिर आउन बाध्य भएको कुरा डाको छाडेर रुदै सुनाएकी थिइन । उता छबिले भने आफुले यसो नगरेको अनि आफू सधै शिल्पासङै जुनि बिताउन तयार रहेको बताएका थिए । घरको सामान्य कुरालाई उहाँले बाहिर नल्याउनु पर्थ्यो भने छबिले तर शिल्पा भने अब आफू छबिसङ बस्न नसक्ने बताउदै आएकी थिइन ।

छवि र शिल्पाको घर झगडाबारे मेरि बास्सैमा लामो समयसम्म भुनियाको भुमिकामा अभिनय गर्दै आएकी कलाकार हरिशा बानियाँले छविलाई कारवाही हुनुपर्ने बताएकी छन् । उनले छविले विवाहलाई पेशा बनाएको आरोप समेत लगाएकी छन् ।

हेर्नुहोस् भिडियोः–

सम्बन्धित खवर