रमेश खरेल मैदानमा, भण्डाफोरको सूचिमा को–को ? (हेर्नुहोस् भिडियो)

नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले देश र जनताका लागि खटिरहने बताएका छन्। आइजिपी बढुवामा अन्याय भएको भन्दै राजीनामा दिएका खरेलले नेपालन्युजलाई भिडियो अन्तर्वार्ता दिँदै सेवाबाट राजीनामा दिए पनि अब चुप लागेर नबस्ने देश र जनताको सेवामा खटिरहने बताए।

उनले आफ्नो जागिरको करियर, नेताहरुको बेइमानी र संगठन प्रमुखको निरीहता लगायत विषयमा मुख खोलेका छन् । उनले आफूले आफ्नो कार्यकालमा कुनै पनि नेता, मन्त्री, गृहमन्त्रीहरुले कानुन मिचेर गर्न दिएको आदेशको ठाडै अस्वीकार गरेको बताएका छन् ।

यसले नेता अनुकूल काम नगर्ने र कानुन विपरितको आदेश नमान्ने भन्ने जानेर आफूलाई नेपाल प्रहरीको नेतृत्व नदिएको रमेश खरेलको आरोप छ । उनले आफूलाई प्रहरी संगठनको नेतृत्व गर्न नपाएपनि देश र जनताको पक्षमा आफ्नो आवाज बुलन्द गरिराख्ने र गलत गर्ने नेता लगायत उच्च ओहदाका व्यक्तीहरुको भण्डाफोर गरिछाड्ने बताए ।

हेर्नुहोस् पूर्व डिआईजी खरेलसँगको भिडियो अन्तरवार्ताः–

सम्बन्धित खवर