भीम रावलले तपाईको अन्तरवार्ता आज म लिन्छु भनेपछि धमलाको हावागोल ! (हेर्नुहोस् भिडियो)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद भीम बहादुर रावलले वर्तमान सरकारले एकपछि अर्को गरेर विवादस्पद निर्णय गरेकोले जनतामा आलोचित बनेको आरोप लगाएका छन् । उनले आफूले पार्टी अनुशासनमै रहेर सरकारको गलत कामको भण्डाफोर गरेको पनि स्पष्ट पारेका छन् ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले यस्तो बताएका हुन् । आफूले सरकारको वा प्रधानमन्त्री ओलीको विरोध नगरेको बरु नेपालको संविधान, पार्टीको विधानको रक्षा गरेको रावलको तर्क छ ।

रावलले प्रश्न गरे,”यो सरकारलाई कमजोर बनाउनको लागि एशिया प्रशान्त क्षेत्रको सम्मेलन मैले गर्न लगाएको हो र ?”

यसैबीच, अन्तरवार्ता चलिरेकै बेला पत्रकार धमलाले प्रश्न सोधेर उत्तर दिन नदिएपछि नेता रावले आज तपाई अन्तरवार्ता म लिन्छु भनेपछि धमला अक्क न बक्क भएका छन् ।

हेर्नुहोस् भिडियोः–

सम्बन्धित खवर