
काठमाडौँ । असार ३० गते, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। साे शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। साेमध्ये १ हजार ७९१ जनाकाे आवेदन रद्द भएकाे छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन्।
कम्पनीले निस्कासन गरेको आईपीओ १ लाख ८२ हजार ४७ जनाले १० किताको दरले हात पारेका छन् भने ५ जनाले १ कित्ता बढी पाएका छन्। त्यस्तै बाकि आवेदकको भने पहिले जस्तै हात खालि रहेको छ।
कसरि हेर्ने नतिजा :
१) हेर्नको लागि शेयर हब (Share Hub) एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि SERVICES भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि (ADD) मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
नतिजा एप मा केही बेरमा प्रकाशन हुने छ।