हिमालयन हाइड्रोको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस्

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको छ । गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले आज बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा आईपीओ बाँडफाँट गरेको हो ।

यसमा गोलाप्रथामार्फत १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएकामा १ हजार ७५८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

उक्त कम्पनीको आईपीओ १ लाख ८३ हजार ४५ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ताका दरले पाएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओमा १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन परेको थियो । १ करोड ७७ लाख ३४ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

कसरि हेर्ने नतिजा :

१) हेर्नको लागि शेयर हब (Share Hub) एप डाउनलोड गर्नुहोला।

२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।

३) एप खोलि SERVICES भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।

४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि (ADD) मा क्लिक गर्नुहोला।

५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।

६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

नतिजा एप मा केही बेरमा प्रकाशन हुने छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय