४/१२ को नीति र जोखिम भार १५० पुर्याइँदा समस्या भयो यो हट्नैपर्छ : रमेश हमाल

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का अध्यक्ष रमेश कुमार हमालले सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे क्याप र जोखिम भार १५० पुर्याइँदा सेयर बजार प्रभावित बनेकाे भन्दै याे हट्नुपर्ने बताएका छन् ।

सेबोनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूले विज्ञहरूसँग यस विषयमा सल्लाह लिँदा ४/१२ काे नीतिले गर्दा बजारमा सेलिङ प्रेसर अत्याधिक मात्रामा आउन गई बजार घटेकोमा विज्ञहरू एकमत रहेको बताए ।

राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित नीति नियमहरू बनाउँदा बाेर्डसँग कुनै प्रकारकाे समन्वय नगरेकोप्रति उनले आपत्ति जनाएका छन् । राष्ट्र बैंक, बीमा समिति लगायतका निकायहरूले पूँजी बजारसँग सम्बन्धित कुनैपनि नीति बनाउँदा बाेर्डसँग पनि समन्वय गर्नुपर्ने उनले बताए ।

त्यस्तै, आजको पत्रकार सम्मेलनमार्फत् आन्दोलनरत लगानीकर्ताहरूलाई १९ बुँदे माग ३ महिनाभित्र कार्यान्वयन हुने आश्वासन उनले दिएका छन् । उनले १९ बुँदेमा समावेश भएका कतिपय मागहरू सम्बाेधनका लागि बोर्डले कार्य सुरू गरिसकेको बताएका छन् । यसैगरी, बाेर्डले अन्य मागहरू सम्बाेधन गर्न पनि सम्बन्धित निकायमा पहल गरेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय