
नियामक निकाय नेपाल धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन भर्खरै सक्किएको छ । बोर्डले पत्रकार सम्मेलनको नाममा नौटङ्की गरी लगानीकर्ताहरूलाई भुलाउने काम मात्रै गरेको भन्दै लगानीकर्ताहरू झनै आक्रोशका साथ सडकमा उत्रिएका छन् ।
लगानीकर्ताहरूको धैर्यताको बाँध फुटिसकेको भन्दै लगानीकर्ताहरूले सेबोनको कार्यालय अगाडि उभिएर नारा लगाइरहेका छन् । अराजकताको परकाष्टा नाघ्नुपर्ने अवस्था आएको भन्दै अब दमन नसहने लगानीकर्ताहरूको अभिव्यक्ति छ । “नालायक सरकार कुर्सी छाेड् !” भन्ने नारा ब्यापकसँग गुञ्जिएकाे छ ।
आफ्ना मागहरू सम्बोधन नभएसम्म बरू सडकमै सुत्ने तर पछि नहट्ने लगानीकर्ता बताउँछन् । ७ दिनदेखि अनसनरत तिलक कोईरालाको स्वास्थ्य अवस्था दिनानुदिन गम्भिर बन्दै गइरहेको अवस्थामा पनि सरकार संवेदनशिल नबनेको भन्दै आन्दोलनरत लगानीकर्ताहरूले सरकारप्रति खेद प्रकट गरेका छन् ।