देउवाकी श्रीमती आरजु राणाले लगाइन् बालेनलाई चुनावी प्रचारका लागि मिडिया किनेको आरोप

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पत्रकारिता त्यागेर राजनीतिमा आउन लागेका रवि लामिछानेमाथि व्यंग्य गरेकी छिन्।

देउवाले बालेनमाथि रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको आरोप लगाइन् भने उनले रवि लामिछानेको नाम नै नलिई केही पत्रकार राजनीतिमा आउन लागेको उल्लेख गरिन्।

सोमबार पोखरामा नेपाल तरूण दलले आयोजना गरेको कार्यक्रममा बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको दाबी रहेको छ।

उनले भनेकी छिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो?’

‘स्वतन्त्र रुपमा चुनाव जितेका प्रतिनिधिको काम कस्तो हुन्छ हेर्न बाँकी छ’ उनले रवि लामिछानेलाई इंगित गर्दै भनिन्,‘पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा।’

उनले आफ्नो श्रीमानको उदाहरण दिँदै प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको पनि बताइन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय