Nifra पछिकै ठुलो ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ आउने,

हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि करिवव तीन अर्ब रुपैयाँको प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

१० अर्ब रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ गर्नेछ सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

सञ्चालक समितिबाट निर्णय गरेपछि अन्य प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डबाट अनुमति लिएर आईपीओ निष्कासन गर्न केही समय लाग्नेछ । तीन करोड कित्ता आईपीओ भएकाले करिव ३० लाखले १० कित्ताका दरले आईपीओ पाउनेछन् ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो ।

लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरेको थियो । नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ ।

आर्थिक संदेश बाट

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय