सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ ।

आज बिहान १० बजे विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ  बाँडफाँट भएको हो । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर निष्कासन गरेको थियो।

उक्त आईपीओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । त्यी मध्य ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढी आवेदन परेको हुदा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गरेका छन् भने सोहि मध्य  ८ जनाले ११ कित्ताका दरले पाएका छन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।

कसरि हेर्ने नतिजा : (नतिजा केहीबेरमा प्रकासन हुने छ ) 
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय