सङ्खुवासभा हत्याकाण्ड को थियो रञ्जनामाथि धारिलो?

भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्की परिवारको सामूहिक हत्यामा थप स्थानीयमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीका अनुसार हत्या भइरहेको देखे पनि घटनाबारे जानकारी नदिएको तथा घटना हुनबाट नरोकेको भन्दै केही स्थानीयमाथि अनुसन्धान सुरु भएको प्रहरी स्रोतको दाबी छ ।

 

 

 

स्रोतका अनुसार घटनामा लोकबहादुरको मात्रै संलग्नता नभएर अन्य व्यक्तिको पनि संलग्नता खुल्ने केही तथ्य र प्रमाण भेटिएको दाबी गरिएको छ । भदौ २१ गते भएको घटनामा लोकबहादुरले आफ्नो मात्रै संलग्नता भएको र आफूले चिर्पट प्रहार गरी तेजबहादुरको परिवारकै हत्या गरेका बयान दिएका थिए । तर शवको पोष्टमार्टम रिपोर्टमा भने मृतक रञ्जना र रञ्जनाकी सासु कमलामाथि धारिलो हतियारको प्रयोग भएको रिपोर्ट आएको छ । त्यसो हो भने रञ्जना र कमलामाथि धारिलो हतियार प्रहार गर्ने को थियो त ?

 

 

 

रञ्जना र कमलाको घाँटी लगायतका भागमा धारिलो हतियारले आक्रमण गरेको पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले यतिबेला त्यही धारिलो हतियारको खोजी गरिरहेको छ । लोकबहादुरले चिर्पटको मात्रै प्रयोग गरेको बताइरहँदा उनीहरूमाथि धारिलो हतियार प्रहार गर्ने को थियो भन्नेबारे प्रहरीलाई नयाँ चुनौती थपिएको छ ।

 

 

 

सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले रञ्जना र कमलाको पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएकोसमेत रिपोर्ट आएको भन्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । सुवेदीले भने, ‘पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएको उल्लेख छ । तर लोकबहादुरले धारिलो हतियारको प्रयोग नभएको बताएका छन् । यसकारण हामीले पनि घटनामा लोकबहादुर मात्रै नभएर अन्य व्यक्तिको पनि संलग्नता छ कि भनेर त्यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । हाम्रो अनुसन्धान टोली ‘क्राइम सिन’ मै छन् । हाम्रो अनुसन्धान अझै सकिएको छैन । अब अहिले नै धारिलो हतियारको प्रयोग भएको हो कि होइन, कसले धारिलो हतियारले आक्रमण ग¥यो भनेर सोध्नुभयो भने त्यो हतार हुन्छ

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय