शुभम पावरको आईपीओ बाँडफाँट हुदै , यस्तो छ नतिजा हेर्ने तरिका।

शुभम पावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

कम्पनीले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुन् लागेको हो । कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका बासिन्दालाई निस्कासन गर्दा बिक्रि नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता शेयर र सर्वसाधारणको लागि छुत्ताइएको ४ लाख कित्ता गरि ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुत्ताइएको थियो।

जसको १० प्रतिसत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ। बाकि रहेको ४ लाख ८१ हजार ८२२ कित्ता शेयरका सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ४८ हजार १८८ जनाले मात्रै शेयर पाउनेछन् । केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय