मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , सबैले आवेदन दिन मिल्ने।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

यस अघि स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपियो निष्कासन गरेको कम्पनीले कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गर्दै छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन १८ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय