सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका।

सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको आईपीओ बिक्री  प्रबन्धक सानिमा क्यापिटलले आफ्नो कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। आईपीओमा १३ लाख ४ हजार २०८ आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि खरिद आवेदन दिएका थिए। तीमध्ये ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर आवेदन बदर भएको छ।

आवेदन दिने मध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय