
शुभम पावर लिमिटेडको आईपीओमा आवेदन डोमे आक् अन्तिम दिन रहेको छ।
कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका बासिन्दालाई निस्कासन गर्दा बिक्रि नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता शेयर र सर्वसाधारणको लागि छुत्ताइएको ४ लाख कित्ता गरि ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुत्ताइएको थियो। जसको १० प्रतिसत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि सकेको छ।
सर्वसाधारणका लागि निष्कासन गर्नलागिएको सेयर मध्य ५ प्रतिसत अर्थात् २९ हजार ३० कित्ता सेयर म्युचल फण्डलाई बाडँफाटँ गरि सकेको छ भने २ प्रतिसत अर्थात् ११ हजार ६ सय १० कित्ता कम्पनीका कर्मचारीहारुलाई छुत्ताइएको छ। अब बाकि रहेको ४ लाख ८१ हजार ८२२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्ने छन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।