आईपीओ निष्कासन गर्दै पुर्वाञ्चल ल्यूव आयल , विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्ति।

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको छ । कम्पनीले ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

बुधबार सम्पन्न भएको सम्झौतामा कम्पनीकोे तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र क्यापिटलको तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

सुन्दरहरैचा–९ मोरङ, विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले विगत २३ वर्षदेखि आफ्नो उत्पादन नेपाली बजारमा आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय